सोमबार नेप्सेको प्रि ओपनिङ्ग सेसनमा कारोबारमा आएका १४ कम्पनीमध्ये ८ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरै बढेको छ भने ३ कम्पनीको घटेको छ।
कारोबारमा आएका अजोड इन्स्योरेन्स, सबैको लघुवित्त, आईएमई जनरल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, नेरुडे लघुवित्त, कृषि विकास बैंक र एनआईबिएल समृद्धि फण्ड १ को इकाइमूल्यमा ४ प्रतिशत धेरै सुधार देखिएको हो।
उता बेष्ट फाइनान्स, आँखुखोला हाइड्रोपावर, ग्लोबल आईएमई बैंकको शेयरमूल्य घटेको छ।
नेप्सेको प्रि ओपनिङ्ग सेसनमा १४ कम्पनीका ४ हजार २८१ कित्ता शेयर १५ लाख १२ हजार ३१२ रुपैयाँमा खरीद बिक्री भएका छन्। यस अवधिमा नेप्से २.१० अंकले बढेर १३९४.७८ बिन्दुमा बन्द भएको छ।
प्रतिक्रिया