विद्युत प्राधिकरणले सबै बिजुली खरिद नगर्दा पनि बढ्यो चिलिमेको नाफा


चिलिमे जलविद्युत कम्पनी (CHCL) ले गत आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासमा ७४ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनले विद्युत बिक्रीमा गिरावट आउँदा पनि चिलिमेले खुद नाफा १८ लाख ५१ हजार रुपैयाँले बढाएको हो । अघिल्लो आर्थिक वर्ष २०७५/७६ को असार मसान्तमा चिलिमेले ७४ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

गत आर्थिक वर्षको चौथो त्रैमासमास चिलिमेले विद्युत बिक्रीबाट १ अर्ब १४ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा चिलिमेले १ अर्ब १७ करोड ४ लाख रुपैयाँको विद्युत बिक्री गरेको थियो । समीक्षा अवधिमा चिलिमेको विद्युत बिक्रीबाट हुने आम्दानी २ करोड ९६ लाख रुपैयाँले घटेको हो ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण नेपाल विद्युत प्राधिकरणले कन्ट्रयाक्ट ईनर्जीभन्दा बढी विद्युत खरिद नगरेका कारण विद्युत बिक्रीमा गिरावट आएको चिलिमेको वित्तीय विबरणमा उल्लेख छ । यद्यपी विद्युत बिक्री आम्दानी घटेको अवस्थामा वित्तीय आम्दानी र अन्य आम्दानीमा सुधार गर्दै चिलिमेले खुद नाफा बढाएको हो ।

चिलिमेले अघिल्लो आर्थिक वर्षको असार मसान्तमा १२ करोड २ लाख वित्तीय आम्दानी गरेकोमा गत असारमा ३ करोड २२ लाख रुपैयाँले बढाएर १५ करोड २५ लाख रुपैयाँ पुर्याएको छ । त्यसैगरी अन्य आम्दानीमा पनि सामान्य सुधार देखिएको छ ।

पूँजी वृद्धिको अनुपातमा चिलिमेको खुद नाफा वृद्धि हुन नसक्दा प्रतिशेयर आम्दानीमा संकुचन आएको छ। अघिल्लो आर्थिक वर्षमा चिलिमेले शेयरधनीलाई २० प्रतिशत बोनस बितरण गरेर चुक्ता पूँजी ५ अर्ब ७० करोड ९७ लाख रुपैयाँ पुर्याएको थियो ।

Particulars  Chilime Hydropower  (Rs in 000)
Q4 2076/77 Q4 2075/76 Difference
Paid Up Capital    5,709,763.00   4,758,136.00 20.00%
Retained Earnings    4,296,295.00   4,542,887.00 -5.43%
Investment in associates    5,952,862.00   5,930,674.00 0.37%
Investment in Term Deposits    2,012,690.00   1,251,160.00 60.87%
Sale of Electricity    1,140,739.00   1,170,432.00 -2.54%
Finance Income        152,532.00       120,277.00 26.82%
Hydro Electric Plant Operating Expences.          76,279.00         87,514.00 -12.84%
Royalty        136,174.00       124,938.00 8.99%
Operating Profit        805,306.00       833,622.00 -3.40%
Net Profit        748,059.00       746,208.00 0.25%
 EPS (In Rs.)                  13.10                 15.68 -16.46%
Net Worth per Share (In Rs.)                175.24               195.48 -10.35%
Qtr End P/E Ratio                  30.38                 33.22 -8.55%

 

चुक्ता पूँजी र नाफा वृद्धिको अनुपात नमिलेका कारण समीक्षा अवधिमा चिलिमेको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ८६ पैसाबाट घटेर १३ रुपैयाँ १० पैसा कायम भएको छ ।

प्रतिशेयर नेटवर्थ १७५ रुपैयाँ रहेको चिलिमेको जगेडा कोषमा ४ अर्ब २९ करोड ६२ लाख रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा चिलिमेको जगेडा कोषमा ४ अर्ब ५४ करोड २८ लाख रुपैयाँ सञ्चित थियो । समीक्षा अवधिमा चिलिमेको जगेडा कोषको आकार २४ करोड ६६ लाख रुपैयाँले घटेको हो ।

मूल्य आम्दानी अनुपात ३०.३८ गुणा बढी रहेको चिलिमेको गत आर्थिक वर्षमा कुल १६९ दिनमा ८ हजार ८२३ पटक शेयर कारोबार हुँदा ३३० रुपैंयादेखि ५२७ रुपैयाँसम्ममा शेयर किनबेच भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।