जनसेवीलाई भित्र्याएपछि कालिका लघुवित्त सञ्चालन नोक्सानीमा, कति कमायो खुद नाफा ?


जनसेवी लघुवित्तसँग मर्जर पुरा गरे पछि कालिका लघुवित्तको वित्तीय विबरणहरुमा सन्तुलन गुमेको छ । कुनै समयमा कालिका माइक्रोक्रेडिट भन्दै उत्साहित हुनेहरुका लागि अहिले लघुवित्तले झिनो आश गर्ने अवस्था पनि देखाउन सकेन । मर्जरका कारण कर्मचारी खर्च बढेका कारण लघुवित्त सञ्चालन नोक्सानीको अवस्थामा पुगेको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमासमा कालिकाले ४८ लाख ६९ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ । जबकी जनसेवीसँग मर्जर हुनु पहिले अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कालिकाले २ करोड ७ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कालिकाको खुद नाफा ७६.५३ प्रतिशतले घटेको हो ।

समीक्षा अवधिमा कालिको चुक्ता पूँजी १० करोड ८ लाख रुपैयाँबाट बढेर २५ करोड २३ लाख ३० हजार रुपैयाँ पुगेको छ । यसरी चुक्ता पूँजी १५० प्रतिशतले वृद्धि हुँदै गर्दा खुद नाफा ७६ प्रतिशतले घटेपछि कालिकाका शेयरधनी निराश बन्ने देखिएको छ ।

पूँजी वृद्धि र आम्दानी उल्टो बाटोमा लागेका कारण लघुवित्तको प्रतिशेयर आम्दानीमा भारी गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा १९.२१ रुपैयाँ रहेको कालिकाको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको असार मसान्तमा ७.८२रुपैयाँ सीमित भएको छ ।

Particulars  Kalika Laghubitta Bittiya Sanstha Limited (Rs in ‘000)
Q4 2076/77 Q4 2075/76 Difference %
Paid Up Capital 252330.00 108000.00 -76.55%
Reserve & Surplus 146917.00 67710.00 116.98%
Net Profit*(Janasewi Laghubitta) Till poush 23,2076 14866.16    
Net Profit 4869.00 20752.00 -76.54%
EPS (In Rs.) 7.82 19.21 -59.29
Net worth per share (In Rs.) 145.61 162.69 -10.50
Qtr End P/E Ratio (times) 105.50 36.31 190.55
Deposits 1067907.00 726632.00 46.97%
Borrowings 1146140.00 1027576.00 11.54%
Loans & Advances 2410090.00 1813517.00 32.90%
Net Interest Income 163288.00 134676.00 21.25%
Provision for possible losses 62679.00 24719.00 153.57%
Operating Profit -29313.00 11846.00 -347.45%
NPL (%) 2.98 1.60 86.25
Cost of Fund (%) 9.83 9.41 0.04

 

दुई लघुवित्तका बीचमा भएको मर्जरपछि लघुवित्तको समग्र वित्तीय सूचकहरुमा बढोत्तरी देखिए पनि कर्मचारी खर्च बढेपछि कालिका सञ्चालन नोक्सानीमा गएको छ ।

निक्षेप संकलन, कर्जा परिचालन लगायतका सूचकमा सामान्य बढोत्तरी हुँदा कालिको व्याज आम्दानी पनि सुधार भएको देखिन्छ । यद्यपी कर्मचारी खर्चमा आएको बढोत्तरीसँगै सम्भावित जोखिम वापत गरिने व्यवस्थामा रकम बढेपछि लघुवित्त सञ्चालन नोक्सानीको अवस्थामा पुगेको हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा १ करोड १८ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको कालिका अहिले २ करोड ९३ लाख रुपैयाँ सञ्चालन नोक्सानीको अवस्थामा छ ।

सम्भावित जोखिम वापतको व्यवस्थाबाट फिर्ता भएको ३ करोड ७० लाख रुपैयाँले मात्र लघुवित्तले खुद नाफा धनात्मक बनाउन सकेको हो ।

समीक्षा अवधिमा निष्कृय कर्जा अनुपात १.६ प्रतिशतबाट २.९८ प्रतिशतमा उक्लिएको कालिकाको मूल्य आम्दानी अनुपात १०५.५ गूणा बढी छ । समीक्षा अवधिमा ६ करोड ७७ लाख रुपैयाँको जगेडा कोषलाई १४ करोड ६९ लाख रुपैयाँ पुर्याएको लघुवित्तको प्रतिशेयर नेटवर्थ १४५.६१ रुपैयाँ छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।