एनआरएन इन्फ्रास्टक्चरको आईपीओ बाँडफाँड, ९७ हजारको हातखाली

0
Shares

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मंगलबार बाँडफाँड भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको शेयर ३ लाख २० हजार ६१४ जना आवेदकले १० कित्ताका दरले प्राप्त गरेका छन् । सदर आवेदकमध्ये ९७ हजार बढीको हात खाली भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको ३१ लाख ६० हजार १८३ कित्ता शेयर र कर्मचारीले नकिनेको ४५ हजार ९५७ कित्ता शेयर गरी कुल ३२ लाख ६ हजार १४० कित्ता शेयर बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ।

कम्पनीको आईपीओमा कुल ४ लाख १८ हजार ९१८ जना लगानीकर्ताले आवेदन गरेका थिए । जसमध्ये ९६० वटा आवेदन रद्द भएको थियो । सदर आवेदक ४ लाख १७ हजार ९५८ मध्ये ९७ हजार ३४४ आवेदकको हात खाली भएको छ ।

आईपीओको नतिजा केही बेरमा नोट बजारमा प्रकाशित हुनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि छुट्याएको थियो ।

कर्मचारीलाई छुट्याइएकोमध्ये ४५ हजार ९५७ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर समेत सर्वसाधारणलाई बाँडफाँड गरिएको हो।

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड नाघ्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।