उपकार लघुवित्तको खुद नाफा २ करोडले घट्यो, ४८ लाखमा सीमित

0
Shares

उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा ४७ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षमा २ करोड ४९ लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको लघुवित्तको नाफा २ करोड १ लाख ६४ हजार रुपैयाँले घटेको हो।

चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ११.४० रुपैयाँ छ। अघिल्लो आवको तुलनामा ५९.४१ रुपैयाँ रहेकोमा ४८.०१ रुपैयाँले घटेको हो।

जगेडा कोषको आकार २ करोड २१ लाख ३९ हजारले वृद्धि भई ७ करोड १८ लाख रुपैयाँ सञ्चित भएको छ।

असार मसान्तसम्ममा लघुवित्तले ६८ करोड ८८ लाख ७० हजार निक्षेप संकलन र २६ करोड २७ लाख ६३ हजार रुपैयाँ सापटीबाट १ अर्ब ७ करोड १५ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। यस अवधिमा लघुवित्तले ८ करोड ८४ लाख ६३ हजारु खुद ब्याज आम्दानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा ५ करोड ७७४ लाख ३० हजार धेरै हो।

खुद ब्याज आम्दानीमा उच्च सुधार आए पनि खराब कर्जा नोक्सानी व्यवस्थामा ६ करोड ९२ लाख रुपैयाँ छुट्याएसँगै लघुवित्तको सञ्चालन नाफा ३ करोड ६२ लाख ६२ हजार रुपैयाँले ऋणात्मक भएको छ। ४ करोड ३८ लाख ६५ हजार रुपैयाँ खराब कर्जा असुली गर्दा कम्पनी ४७ लाख ९० हजार नाफामा पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा अनुपात ०.७७ ले बढेर २.८१ प्रतिशतमा पुगेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ साउन २०७७, मंगलबार  ०९ : २५ बजे