आशा लघुवित्तको नाफा ३.७५ प्रतिशतले घट्यो

0
Shares

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३.७५ प्रतिशतले घटेको छ। आम्दानीका शीर्षहरुसँग खर्चका शीर्षक र १ करोड १९ लाख रुपैयाँ एक्ट्रा अर्डिनरी एक्सपेन्सेस हुँदा लघुवित्तको खुद नाफा प्रभावित भएको हो।

गत आर्थिक वर्षमा लघुवित्तले ३ करोड ८१ लाख २ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जबकी अघिल्लो आर्थिक वर्षमा नै कम्पनीले ३ करोड ९५ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।

चुक्ता पूँजी २३ करोड २२ लाख ८८ हजार रुपैयाँ रहेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी १६.४० रुपैयाँ छ। अघिल्लो आवको तुलनामा ०.६४ रुपैयाँले इपिएस घटेको हो ।

समीक्षा अवधिमा जगेडा कोषको अकार १ करोड ३४ लाख ६४ हजारबाट वृद्धि भई ७ करोड ४५ लाख रुपैयाँ सञ्चित भएको छ। लघुवित्तको प्रतिशेयर नेटवर्थ १३२.०९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७.५५ रुपैयाँ छ।

गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार लघुवित्तले ८१ करोड ८९ लाख २७ हजार रूपैयाँ निक्षेप संकलन र १ अर्ब ४४ करोड ८२ लाख ३० हजार रुपैयाँ सापटीबाट २ अर्ब ३४ करोड ४६ लाख १८ हजार रुपैयाँ कर्जा लगानी गरेको छ। जसबाट लघुवित्तले १६ करोड ४५ लाख २८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आवको तुलनामा ४ करोड ८७ लाख १४ हजार रुपैयाँले खुद ब्याज आम्दानी बढेको हो।

लघुवित्तको सञ्चालन नाफा ७ करोड ९९ हजार रुपैयाँ पुगेको छ। लघुवित्तको निष्क्रिय कर्जा अनुपात १.४९ ले बढेर २.९८ प्रतिशत पुगेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २७ साउन २०७७, मंगलबार  १० : २३ बजे