नेप्सेको प्रि ओपनिङ्ग सेसनमा मंगलबार कारोबारमा आएका १२ कम्पनीमध्ये ८ कम्पनीको शेयरमूल्य ४ प्रतिशत धेरै बढेको छ भने २ कम्पनीको शेयरमूल्य घटेको छ।
कारोबारमा आएका अजोड इन्स्योरेन्स, हिमाल दोलखा हाइड्रोपावर, नेपाल बैंक, सूर्या लाइफ इन्स्योरेन्स, सिटिजन्स बैंक, समृद्धि फाइनान्स, एभरेष्ट इन्स्योरेन्स, र हिमालयन जनरल इन्स्योरेन्सको शेयरमूल्यमा ४ प्रतिशत धेरै सुधार देखिएको हो।
उता बेष्ट फाइनान्स,र नेपाल रि इन्स्योरेन्स कम्पनीको शेयरमूल्य भने घटेको छ।
नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा १२ कम्पनीका ३ हजार ८८९ कित्ता शेयर १५ लाख २३ हजार ९१५ रुपैयाँमा खरीद बिक्री भएका छन्। यस अवधिमा नेप्से २.९४ अंकले बढेर १४३३.३६ बिन्दुमा बन्द भएको छ।
प्रतिक्रिया