तपाईं आईपीओ नपाउने ९७ हजारमा त पर्नुभएन ? नतिजा नोटबजारमा हेर्नुहोस्


एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ। मंगलबार बिहान बाँडफाँड भएको आईपीओको नतिजा नोटबजारमा प्रकाशित भएको छ ।

लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले उपलब्ध गराएको तथ्यांकका आधारमा ३ लाख २० हजार ६१४ जनाले मात्र शेयर पाएका छन् । तपाईंलाई शेयर पर्यो कि परेन भनेर तल दिइएको विधिअनुसार नतिजा हेर्न सकिन्छ ।

नोटबजारको शीर्षस्थानमा रहेको IPO Result मा क्लिक गरी आफ्नो डिम्याट खाता राखेर नतिजा खोज्न सकिन्छ ।

कम्पनीको शेयरमा आवेदन गरेका ३ लाख २० हजार ६१४ जना आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। सदर आवेदकमध्ये ९७ हजार ३४४ जनाको हात खाली भएको छ ।

कम्पनीको आईपिओमा आवेदन गरेका ४ लाख १८ हजार ९१८ वटा आवेदनमध्ये ४ लाख १७ हजार ९५८ वटा सदर भएको थियो। अयोग्य भएका ९६० आवेदक सहित कूल ९८ हजार ३०४ जना आवेदकले शेयर प्राप्त गर्न नसकेका हुन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले कूल ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये १ लाख ६५ हजार ५०२ कित्ता (५ प्रतिशत) शेयर सामूहिक लगानी कोष र ६७ हजार ९६१ कित्ता (२ प्रतिशत) शेयर कर्मचारीको लागि छुट्टाइएर बाँकी ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गरिएको थियो ।  

कर्मचारीलाई छुट्टाइएकोमध्ये ४५ हजार ९५७ कित्ताका लागि आवेदन नपरेपछि सो शेयर समेत थप गरी ३२ लाख ६ हजार १४० कित्ता शेयर सर्वसाधारणका लागि बाँडफाँड गरिएको थियो। कर्मचारीबाट २ जनाबाट २२ हजार ४ कित्ता भरेका थिए ।

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड नाघ्नेछ । आईपीओमा ४.८१ गुणा धेरै आवेदन परेको थियो। आईपीओमा १ करोड ५४ लाख १३ हजार २७० कित्ताको आवेदन परेकोमा २८ हजार ४१० कित्ताको आवेदन रद्द भएको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।