ग्लोबल आईएमई लघुवित्तले अभौतिक शेयर धारण गर्नेको मात्र खातामा बोनस पठायो


ग्लोबल आइएमई लघुवित्तले अभौतिक शेयर धारण गरेका लगानीकर्ताको डिम्याट खातामा बोनस शेयर जम्मा गरेको छ । कागजी शेयर भएका लगानीकर्ताको हकमा भने शेयर डिम्याट भएपछि मात्र बोनस खातामा जम्मा गरिने लघुवित्तले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षको साधारण सभाबाट पारित भएको १७ दशमलव ५० प्रतिशत बोनस शेयर लघुवित्तको शेयर रजिष्ट्रार ग्लोबल आईएमई लघुवित्तले लगानीकर्ताको खातामा जम्मा गरेको हो । क्यापिटलले २०७६ कात्तिक २५ पछि शेयर अभौतिकीकरण गरेका लगानीकर्तालाई क्रमिक रुपमा बोनस बितरण गर्दै जाने जनाएको छ । कागजी शेयर भएका लगानीकर्तालाई शेयर अभौतिक गराउन पनि क्यापिटलले आग्रह गरेको छ ।

बोनस पाएर पनि नगद लाभांश नपाएका लगानीकर्ताहरुलाई डिम्याट खातामा बैंक खाता अद्यावधिक गराउन पनि क्यापिटलले आग्रह गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।