देव विकास बैंकको बोनस शेयर पाउनका लागि बैंकका शेयरधनीले कर तिर्नुपर्ने भएको छ ।
विलय प्रक्रिया पूरा भएपछि कुमारी बैंकले देवतर्फका हालसम्म बोनस शेयर नपाएका शेयरधनीलाई कर तिर्न आग्रह गरेको हो ।
बैंकको शेयर रजिष्ट्रार कुमारी क्यापिटलले २०७६ असार ३० गतेपछि देव विकास बैंकको शेयर खरिद गरेका लगानीकर्तालाई बोनस शेयरमा लाग्ने कर तिर्न भनेको हो । देवले अघिल्लो आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई ८.५५ प्रतिशत बोनस बितरण गर्ने निर्णय गरेको थियो ।
कुमारी बैंकको खाता नम्बर १२९१५०२००१०२० मा कर वापतको रकम जम्मा गरी दिन शेयरधनीलाई आग्रह गरेको छ ।
देव विकास बैंकले कुन आर्थिक वर्षमा बितरण गरेको बोनसमा कति तिर्नुपर्छ कर ? यो लिंकमा गएर आफ्नो डिम्याट खाता प्रविष्ट गरी हेर्न सकिन्छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया