युनियन हाइड्रोपावर (UNHPL) ले गत आर्थिक वर्षको चौंथो त्रैमाससम्ममा विद्युत बिक्री मार्फत ७ करोड ६४ लाख ४५ हजार रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आवको यसै समयमा ७ करोड ११८ लाख ४२ हजार कमाएको कम्पनीको आम्दानी रुपैयाँले बढेको हो।
विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनीले १ करोड ७४ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनी अघिल्लो आवको यसै अवधिमा १ करोड ७० लाख ९२ हजार रुपैया नोक्सानीमा रहेको थियो।
यद्यपी कम्पनी अझै ७ करोड ७१ लाख ९३ हजार रुपैयाँ सञ्चित जगेडा नोक्सानीमा रहेको छ।
कम्पनीले प्रवर्दित गरेको मिदिम खोला जलविद्युत आयोजनाले सन्तोषजनक रुपमा विद्युत उत्पादन गरिरहेपनि नेपाल विद्युत प्राधिकरणको ३३ के.भी. प्रसारण लाइनमा बारम्बर आइरहने समस्याको कारण प्रत्यक्ष असर विद्युत उत्पादनमा परेको कम्पनीले जनाएको छ।
कम्पनीले माथिल्लो तमोर ए जलविद्युत आयोजना ६४ मेगावाट, होङ्गुखोला जलविद्युत आयोजना २८.९ मेगावाटमा लगानी गरी विस्तृत अध्ययन कार्य भइरहेकोमा होङ्गुखोला जलविद्युत आयोजनाको विद्युत खरीद बिक्री सम्झौताका लागि नेपाल विद्युत प्राधिकरण विद्युत ब्यापार विभागमा प्रकृयामा छ।
चुक्ता पूँजी ७५ करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २.३२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ८९.७१ रुपैयाँ र मूल्यआम्दानी अनुपात २१.९५ गुणा छ।
Particulars | Union Hydropower Company Limited ( Rs in’000) | ||
Q4,2076/2077 | Q4,2075/2076 | Difference % | |
Paid-up capital | 750,000 | 750,000 | 0.00 |
Reserve Fund | -77,193.30 | -94,514.78 | -18.33 |
Net Profit | 17,424.06 | -17,092.39 | -201.94 |
EPS (In Rs.) | 2.32 | -2.34 | -199.15 |
Net worth per share (In Rs.) | 89.71 | 87.33 | 2.73 |
Qtr End P/E Ratio (times) | 21.95 | – | – |
Investments in Projects | 732,106.60 | 759,169.32 | -3.56 |
Loans, Advances, and Deposits | 49,763.58 | 46,423.45 | 7.19 |
Cash and Cash Equivalents | 10,346.61 | 34,536.13 | -70.04 |
Income from Sale of Electricity | 76,445.71 | 71,842.57 | 6.41 |
Administrative Expenses | 10,937.53 | 11,345.84 | -3.60 |
Royalty | 1,828.91 | 1,736.85 | 5.30 |
Operating Profit | 63,874.77 | 62,325.26 | 2.49 |
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया