लकडाउनमा एशियन लाइफले व्यापारसँगै बढायो खुद नाफा


कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि गत चैत ११ गतेदेखि लकडाउन सुरु भएको अवस्थामा बीमा कम्पनीहरुको व्यवसायमा नकरात्मक असर नपरेको देखिएको छ । यस क्रममा एशियन लाइफ इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको चौतो त्रैमासको तुलनामा ७८ प्रतिशतले खुद नाफा बढाएको वित्तीय विवरण निकालेको छ ।

बीमाङ्कीय मूल्याङ्कन गर्नु पहिलेको तथ्यांकलाई हेर्दा एशियनले गत असार मसान्तसम्ममा १८ करोड १८ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले १० करोड १९ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा एशियनको खुद नाफा ७८.४२ प्रतिशतले बढेको हो ।

जीवन बीमा कम्पनीहरुको हकमा नाफाको निर्धारण लेखा परिक्षणको क्रममा हुने बीमाङ्कीय मूल्याङ्कनको क्रममा हुने गर्दछ। बीमांकीय मूल्याङकनपछि मात्र वास्तविक खुद नाफा निर्धारण हुनेछ । बीमाङ्कीय मूल्याङ्कनको क्रममा कम जोखिम देखिए नाफा बढ्नेछ भने बढी जोखिम देखिए नाफा अझै घट्न सक्ने हुन्छ

खुद नाफामा आएको वृद्धिसँगै एशियनलाइफको प्रतिशेयर आम्दानीमा पनि तिब्र सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा ५ रुपैयाँ ७ पैसा रहेको प्रतिशेयर आम्दानी गत असार मसान्तमा ९ रुपैयाँ ४ पैसामा उक्लिएको छ । यद्यपी बीमाङ्कीय मुल्याङ्कनका आधारमा खुद नाफामा नै फरक तथ्यांक आउने भएकाले यो प्रतिशेयर आम्दानीको पनि खास अर्थ भने रहन्न ।

गत असार मसान्तमा एशियनले ४ अर्ब ५४ करोड ८ लाख २३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा एशियनले ४ अर्ब २१ करोड ६३ लाख ५३ हजार रुपैंया खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा एशियनले खुद बीमाशुल्क रकममा ७.७ प्रतिशतको वृद्धि गरेको हो ।

२ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको एशियन लाइफको जगेडा कोषमा ५४ करोड ७० लाख ६५ हजार रुपैयाँ सञ्चित छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा एशियनको चुक्ता पूँजी अहिलेको अवस्थामा नै थियो भने जगेडा कोषमा ३६ करोड ५२ लाख २ हजार रुपैयाँ सञ्चित थियो । समीक्षा अवधिमा एशियनको जगेडा कोषमा झण्डै ५० प्रतिशत सुधार देखिएको हो ।

जगेडा कोषमा आएको सुधारसँगै एशियन लाइफको प्रतिशेयर नेटवर्थमा पनि सुधार देखिएको छ । अघिल्ले आर्थिक वर्षको यसै अवधिमा १२० रुपैयाँ ३० पैसा रहेको प्रतिशेयर नेटवर्थ गत आर्थिक वर्षको असार मसान्तमा १३० रुपैयाँ २५ पैसा कायम भएको छ ।कम्पनीले वितरण गर्ने लाभांशले यो तथ्यांकमा परिवर्तन आउन सक्छ ।

जीवन बीमा कोषमा २७ प्रतिशको वृद्धि गर्दै एशियन लाईफले कोषको आकार २१ अर्ब ६१ करोड २ लाख रुपैयाँ पुर्याएको छ ।

गत आर्थिक वर्षमा ५२ करोड ५ लाख रुपैयाँको खुद दाबी भुक्तानी गर्दा २ करोड १७ लाख रुपैयाँ भुक्तान गर्न बाँकी रहेको एशियन लाइफको मूल्य आम्दानी अनुपात ६७.११ गूणाले बढी छ ।

                                  ASIAN LIFE INSURANCE (RS in ‘000)  
Particulars Q4 2076/77 Q4 2075/76 Growth%
Paid Up Capital 2,010,760.73 2,010,760.73 0.00%
Reserve and Surplus 547,065.30 365,202.02 49.80%
Net Profit 181,863.28 101,926.98 78.43%
EPS Rs. 9.04 5.07 78.43%
Life Insurance Fund 21,610,247.52 17,019,019.53 26.98%
Net Premium 4,540,823.70 4,216,353.93 7.70%
Income from Investment, Loan & others 1,564,250.10 1,299,165.29 20.40%
Claim Payment (Net) 520,540.38 404,835.62 28.58%
Agent Commission 503,448.70 522,877.19 -3.72%
Gross Profit 11,362.96 9,379,827.00 -99.88%
Net Worth per Share Rs. 130.25 120.3 8.27%
PE Ratio 67.11 132.25 -49.25

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।