नागबेली लघुवित्तले सार्वजनिक गरेको अन्तिम वित्तीय विवरणमा देखियो यस्तो सुधार


 

मिर्मिरे लघुवित्तमा विलय प्रकृयामा रहेको नागबेली लघुवित्तले अन्तिम वित्तीय विवरण सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले दुवै लघुवित्तलाई विलय पूरा गर्न अन्तिम स्वीकृति दिएको अवस्थामा नागबेलीले सुधारिएको वित्तीय विबरण पस्किएको हो ।

नागबेलीले गत आर्थिक वर्ष २०७६/०७७ मा ३ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७५/०७६ मा नागबेलीले ३५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ७७ पैसा छ ।

समीक्षा अवधिमा १६ करोड ७६ लाख ७९ हजार रुपैयाँको चुक्ता पूँजीलाई २१ करोड १२ लाख ७६ हजार रुपैयाँ पुर्याएको लघुवित्तको जगेडा कोष भने १२ करोड ७ लाखबाट ११ करोड २२ लाख रुपैयाँमा झरेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १५३ रुपैयाँ १२ पैसा छ ।

समीक्षा अवधिमा निक्षेप संकलन तथा कर्जा परिचालनमा फराकिलो अंकको वृद्धि गरेको लघुवित्तको खुद व्याज आम्दानी ९ करोड २२ लाख रुपैयाँबाट १२ करोड ५७ लाख रुपैयाँमा उक्लिएको छ ।

Particulars Nagbeli Laghubitta Bittiya Sanstha Limited  ( Rs in ‘000)
Q4 2076/77 Q4 2075/76 Difference%
Paid Up Capital 211,276.17 167,679.50 26.00%
Reserve & Surplus 112,226.72 120,735.51 -7.05%
Net Profit 39,649.42 35,528.84 11.60%
EPS (In Rs.) 18.77 21.19 -11.42%
Net Worth per Share (In Rs.) 153.12 172 -10.98%
Deposits 389,460.47 328,423.95 18.58%
Borrowings 519,132.55 414,059.81 25.38%
Loans & Advances 1,200,109.25 936,081.25 28.21%
Net Interest Income 125,760.01 92,242.68 36.34%
Provision for possible losses 8,088.18 7,725.35 4.70%
Operating Profit 62,567.54 50,983.86 22.72%
NPL (%) 1.96 2.36 -16.95%
Cost of Fund (%) 10 9 11.11%

 

२०७६ फागुन १४ गते मिर्मिरे लघुवित्तले नागबेलीलाई १०० बराबर ९५ कित्ता शेयर आदानप्रदान अुपातमा विलय गर्ने सम्झौता भए पछि नागबेलीको शेयर कारोबार रोक्का छ । गत साता मात्र राष्ट्र बैंकले दुवै संस्थालाई विलय प्रकृया पूरा गरी एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको थियो ।

मिर्मिरे लघुवित्तले नागबेलीलाई विलय गरेपछि कायम हुने चुक्ता पूँजी ४० करोड रुपैयाँको ५० प्रतिशतले हुने २० करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरिसकेको छ । पछिल्ले समय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको हकप्रदलाई कडाई गरिरहेका बेला मिर्मिरेको हकप्रदलाई स्वीकृत गर्छ कि गर्दैन भन्ने अन्यौलता छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।