महालक्ष्मी लाइफ इन्स्योरेन्सले ५० प्रतिशत कर्मचारीबाट सेवा दिने


महालक्ष्मी लाइफ इन्स्योरेन्स (MLIL) ले बिहीबारदेखि ५० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गर्ने भएको छ ।

कोरोना संक्रमणको जोखिमबाट कर्मचारीहरुलाई सुरक्षित राख्न ५० प्रतिशत कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था मिलाएको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए ।

ज्वरो आएका, सास फेर्न गाह्रो भई बिरामी भएका कर्मचारीहरुलाई घरैमा बस्न समेत निर्देशन दिइएको भट्टराईले जानकारी दिए । कुनै पनि किसिमको स्वास्थ्य समस्या भएका कर्मचारीलाई पीसीआर परीक्षण पश्चात मात्रै काममा लगाउने उनले जानकारी दिए ।

जोर-बिजोर प्रणाली अनुसार अनुकूल अवस्थामा कर्मचारीले प्रशासन विभागसँग समन्वय गरेर कार्यालय आउने इन्स्योरेन्सले जनाएको छ । मन्त्रिपरिषदको बैठकले सकारी तथा सार्वजनिक सेवा प्रवाह हुने क्षेत्रमा ५० प्रतिशत कर्मचारी मात्रै राखेर सञ्चालन गर्ने निर्णय गरेसँगै यस्तो निर्णय गरिएको बताइएको छ ।

काठमाडौंको नक्सालमा रहेको केन्द्रीय कार्यालय सधैं खुल्ला रहने भएकाले शाखा तथा केन्द्रका घरमा बस्ने कर्मचारीहरुले केन्द्रीय कार्यालयसँग नियमित सम्पर्कमा रहन आग्रह गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।