उद्योग विभागले १५ दिनका लागि स्थगित गर्यो अनलाइन बाहेकका सबै सेवा


कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यानमा राख्दै त्रिपुरेश्वरस्थित उद्योग विभागले भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सबै सेवा बन्द गरेको छ । मन्त्रालयको निर्देशनपछि सबै किसिमका सेवाहरु १५ दिनका लागि बन्द गरिएको विभागले जनाएको छ ।

कोभिड संक्रमण दर तिब्र बनिरहेको अवस्थामा सेवाग्राहीको भीड नियन्त्रण नभएकाले सेवाहरु बन्द गरिएको विभागले जनाएको छ । आफैं उपस्थित भएर गर्नुपर्ने काम बन्द भएको अवस्थामा अनलाइन प्रणालीबाट हुने काम भने सुचारु हुने विभागले जनाएको छ ।

विभागका अनुसार नयाँ उद्योग दर्ता, नियमित रिपोर्टिङ, विदेशी लगानीका उद्योग दर्ताको काम भने अनलाइन प्रणालीबाट गर्न सकिनेछ । कार्यालय बन्द गर्दा सेवा प्रभावित हुने भएकाले कार्यालय भने सञ्चालन हुने बताइएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।