धादिङको गल्छीस्थित कर कार्यालयसँगै सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइने


तीव्र गतिमा ढिरहेको कोरोना संक्रमण नियन्त्रणका लागि धादिङमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । धादिङका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङको अध्यक्षतामा बसेको संकट व्यवस्थापन समितिको बैठकले विभिन्न क्षेत्रमा चहलपहलमा रोक लगाउँदै स्वास्थ्य उपचारका लागि तयारी अवस्थामा बस्ने निर्णय गरेको हो ।  

धादिङबेशी, निलकण्ठ नगरपालिकाका विभिन्न क्षेत्रमा बुधबार राति १२ बजेदेखि भदौ ३ गते राति १२ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सवारी साधनको आवागमनमा रोक लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

त्यसैगरी गल्छीस्थित कर कार्यालयलाई पनि बन्द गर्ने निर्णय समितिले गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।