सिटिजन्स बैंकको चौथो त्रैमासको नाफा साढे २ करोड, प्रतिशेयर आम्दानी ४.५ रुपैयाँले घट्यो

0
Shares

सिटिजन्स बैंक इन्टरनेशनल (CZBIL) ले गत आर्थिक वर्षको चौथो त्रैमासमा २ करोड ४७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७५/७६ को सोही अवधिको तुलनामा ९३ प्रतिशतले थोरै हो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा मात्र बैंकले ३९ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत आर्थिक वर्षको चौथो त्रैमासमा कोरोना भाइरसका कारण बैंकको कर्जाको सावाँ तथा ब्याज नउठेको हुनाले पनि नाफा थोरै भएको हो।

कोरोना भाइरसको प्रभवाका कारण जटील अवस्थामा पुगेका उद्योग ब्यावसायलाई सहज वातावरण निर्माण गर्नका लागि कर्जाको पुनरतलिकिकरण तथा पुनरसंरचना गर्ने व्यवस्थाका कारणले पनि बैंकको नाफामा गिरावट आएको हो ।

तर, बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासको नाफामा उल्लेख्य गिरावट आएपनि वर्षभरीमा १ अर्ब ११ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ३० करोड रुपैयाँले थोरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ४६ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकको गत आवको वितरण योग्य नाफा ८२ करोड ३९ लाख रुपैयाँ गरेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड तथा सञ्चित कोषमा ३ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षमा बैंकको सञ्चालन खर्च तथा कर्मचारी खर्च केही बढ्न गएको छ । बैंकले शाखा विस्तार गरेको हुनाले पनि सञ्चालन तथा कर्मचारी खर्च बढ्न गएको हो ।

गत आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ८८ करोड १६ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६८ करोड ८४ लाख रुपैयाँ थियो । यो अवधिमा बैंकले फि तथा कमिसन आम्दानीमा समेत समान्य सुधार गरेको छ।

बैंकले गत आवमा ८८ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले अघिल्लो आवमा ७० अर्ब ५० करोड करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले गत आवमा ७९ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ६२ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

Particulars Citizens Bank   ( Rs in’000)
Q4 2076/77 Q4 2075/76 Difference %
Paid Up Capital 9,089,817 8,371,065 8.59%
Retained Earnings 877,472 1,251,267 -29.87%
Reserves 3,396,812 2,825,478 20.22%
Profit/(Loss) for the Year 1,116,040 1,463,219 -23.73%
EPS (In Rs.) 12.92 17.49 -26.13%
Net Worth per Share (In Rs.) 147.07 149.26 -1.47%
Deposits from Customers 88,516,228 70,509,085 25.54%
Loans & Advances to Customers 79,169,816 62,911,970 25.84%
Net Interest Income 2,881,690 2,688,462 7.19%
Impairment Charge/(Reversal) 677,297 138,373 389.47
Operating Profit 1,454,741 2,100,403 -30.74%
Distributable Profit/ (Loss) after P/L Appropriation and Regulatory Adjustments 824,000 1119466 -26.39%
Capital Adequacy Ratio (CAR) 15.71 14.37 9.32%
NPL 1.46 1.13 29.20%
CCD (as per NRB Directives) 70.63 76.79 -8.02%
Cost of Fund (%) 7.19 8.58 -16.20%
Base Rate (%) 9.04 10.52 -14.07%
Qtr End PE Ratio (times) 15.31 12.59 21.60%

 

बैंकको खराब कर्जा अनुपात १.४६ प्रतिशत छ । कर्जा निक्षेप अनुपात ७६.७९ प्रतिशत, आधार ब्याजदर ९.०४ प्रतिशत, कर्जा निक्षेप व्याज अन्तर (स्प्रेडदर) ४.०३ प्रतिशत छ । मल्य आम्दानी अनुपात १४.५५ प्रतिशत रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी १२.९२ रुपैयाँ छ ।अघिल्लो आर्थिक वर्षको अन्त्यमा बैंकको प्रतिशेयर आम्दानी १७.४९ रुपैयाँ रहेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।