नबिल बैंकको खुद नाफा साढे १५ प्रतिशत घट्दा ११ रुपैयाँले घट्यो प्रतिशेयर आम्दानी

0
Shares

नबिल बैंक लिमिटेड (NABIL) को नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आव २०७६/०७७ मा १५.८६ प्रतिशतले घटेको छ। बैंकको नाफा घटेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी ११.७२ रुपैयाँले घटेको छ।

नबिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा ४ अर्ब २३ करोड ८८ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा ६७ करोड २१ लाख रुपैयाँले घटेको हो।

समीक्षा अवधिमा चुक्ता पूँजी १२ प्रतिशतले वृद्धि भएको बैंकको नाफा घटेसँगै वार्षिक प्रतिशेयर आम्दानी ११.२७ रुपैयाँ घटेर ३५.३२ रुपैयाँमा झरेको छ। बैंकको निष्क्रिय कर्जा अनुपात ०.९७ प्रतिशत, मूल्य आम्दानी अनुपात २०.५४ गुणा, आधार दर ७.३२ प्रतिशत, स्प्रेड दर ३.७३ प्रतिशत छ।

बैंकको जगेडा कोषको आकार २१.२६ प्रतिशतले बढेर १२ अर्ब ६६ करोड १६ लाख ७२ हजार रुपैयाँ पुगेको छ भने शेयरधनी कोष १८.५६ प्रतिशतले घटेर ३ अर्ब ४ करोड २२ लाख ३७ हजार रुपैयाँ रहेको छ।

३० प्रतिशत लाभांश वितरण गर्नसक्ने

वित्तीय विवरण अनुसार बैंकको गत आर्थिक वर्षको नाफाबाट ३ अर्ब  ४ करोड २२ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको छ। १० अर्ब ९ करोड ७४ लाख ९७ हजार रहेको बैंकले ३०.१२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने क्षमता राख्दछ।

बैंकले गत आवमा १ खर्ब ९० अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १७ र कर्जा लगानी १६ प्रतिशतले वृद्धि भएको छ।

कोरोना भाइरस संक्रमणका कारण चार महिने लकडाउनको कारण बैंकको खुद ब्याज आम्दानी भने १.९४ प्रतिशतले घटेर ७ अर्ब २ करोड २ लाख रुपैयाँमा सीमित बनेको छ। बैंकको सञ्चालन नाफा पनि समीक्षा अवधिमा १५.४८ प्रतिशतले संकुचन आई ५ अर्ब ९ करोड ३६ लाख रुपैयाँमा झरेको छ।

Particulars  Nabil Bank Limited (Rs in ‘000)
Q4 2076/77 Q4 2075/76 Difference %
Paid Up Capital 10,097,497 9,011,845 12.05%
Retained Earnings 3,042,237 3,735,334 -18.56%
Reserves 12,661,672 10,441,359 21.26%
Profit/(Loss) for the Year 3,566,673 4,238,854 -15.86%
EPS (In Rs.) 35.32* 47.04 -24.90%
Net Worth per Share (In Rs.) 255.52 257.31 -0.70%
Deposits from Customers 190,806,470 162,954,000 17.09%
Loans & Advances to Customers 148,231,388 127,500,243 16.26%
Net Interest Income 7,020,275 7,159,254 -1.94%
Impairment Charge/(Reversal) 744,564 405,174 83.76
Operating Profit 5,093,632 6,026,651 -15.48%
Distributable Profit/ (Loss) after P/L Appropriation and Regulatory Adjustments 3,042,237 3,735,334 -18.56%
Capital Adequacy Ratio (CAR) 12.81 12.5 2.48%
NPL 0.97 0.74 31.08%
CCD (as per NRB Directives) 68.08 72.9 -6.61%
Cost of Fund (%) 5.49 6.13 -10.44%
Base Rate (%) 7.32 8.09 -9.52%
Qtr End PE Ratio (times) 21.66 17 27.41

 

* नोटबजारले गरेको विश्लेषण र बैंकले प्रकाशन गरेको वित्तीय विवरण अनुसार बोनस पूँजीकरण पश्चातको पूँजीलाई सोही अवधिमा गणना गरी प्रतिशेयर आम्दानी देखाएकाले सामान्य फरक परेको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।