सनराइज बैंकले फि एण्ड कमिशन आम्दानी २० करोडले बढाउँदा पनि नाफा १८% ले घट्यो

0
Shares

सनराइज बैंक (SRBL) ले गत आर्थिक वर्ष २०७६/७७ मा करिब ३० प्रतिशतले फि तथा कमिशन आम्दानी बढाएको भएपनि खुद नाफा भने घटेको छ । गत आर्थिक वर्षमा बैंकको ब्याज र फि एण्ड कमिसन आम्दानी वढेको भएपनि खर्च बढेका कारण नाफा १८ प्रतिशतले घटेको हो ।

बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा कोरोना भाइरसका कारण व्यवसाय विस्तार गर्न नसक्नु तथा विगतको व्यवसायमा समेत छुट दिनुपर्ने अवस्था आएपछि नाफा घटेको हो । बैंकले सो अवधिमा कर्जाको ब्याज छुट देखि कर्जाको पुनरतालिकीकरण तथा पुनसंरचनाले पनि आम्दनीमा असर गरेको देखिन्छ ।

गत आर्थिक वर्षमा बैंकले १ अर्ब ३९ करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको नाफाको तुलनामा १८.७५ प्रतिशतले थोरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ७० करोड ६१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको चौथो त्रैमासमा मात्रै बैंकले ४५ करोड ७५ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ ।

गत आर्थिक वर्षमा बैंकले खुद ब्याज आम्दानी ३ अर्ब ८७ करोड ८० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको यो खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ८.१७ प्रतिशतले मात्र धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

तर, गत आर्थिक वर्षमा बैंकको फि एण्ड कमिसनबाट हुने आम्दानीमा भने उल्लेख्य सुधार आएको छ । सो शीर्षकमा बैंकले ८५ करोड ९७ लाख रुपैयाँ खुद फि एण्ड कमिशन आम्दानी गरेको छ । यो आम्दानी अघिल्लो आवको तुलनामा २९.२८ प्रतिशतले धेरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले ६६ करोड २० लाख रुपैयाँ मात्र फि एण्ड कमिसन आम्दानी गरेको थियो ।

गत आर्थिक वर्षमा बैंकको सञ्चालन खर्च तथा कर्मचारी खर्च केही बढ्न गएको छ । बैंकले शाखा विस्तार गरेको हुनाले पनि सञ्चालन तथा कर्मचारी खर्च बढ्न गएको हो ।

Particulars Sunrise Bank Limited  ( Rs in’000)
Q4 2076/77 Q4 2075/76 Difference %
Paid Up Capital 8,967,811 8,152,556 10.00%
Reserves 3,469,796 2,815,184 23.25%
Retained Earnings 1,091,293 1,175,249 -7.14%
Profit/(Loss) for the Year 1,392,878 1,706,102 -18.36%
EPS (In Rs.) 15.53 20.94 -25.84%
Net Worth per Share (In Rs.) 150.86 151.47 -0.40%
Deposits from Customers 90,223,272 75,432,151 19.61%
Loans & Advances to Customers 81,040,373 68,865,810 17.68%
Net Interest Income 3,878,098 3,584,995 8.18%
Impairment Charge/(Reversal) 837,206 103,524 708.71%
Operating Profit 1,971,827 2,550,627 -22.69%
Distributable Profit/ (Loss) after P/L Appropriation and Regulatory Adjustments 529,122 1,117,741 -52.66%
Capital Adequacy Ratio (CAR) % 14.6 13.22 10.44%
NPL % 1.86 1.03 80.58%
CCD (as per NRB Directives) % 71.3 75.57 -5.65%
Cost of Fund (%) 6.55 7.33 -10.64%
Base Rate (%) 8.95 10.32 -13.28%
Qtr End PE Ratio (times) 15.07 11.84 27.28%

बैंकले गत आवमा ९० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो आवमा बैंकले ७५ अर्ब ४३ करोड करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो । बैंकले गत आवमा ८१ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले ६८ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको गत आवको वितरणयोग्य नाफा ५२ करोड ९१ लाख रुपैयाँ गरेको छ । हाल चुक्ता पूँजी ८ अर्ब ९६ करोड रहेको बैंकको वार्षिक प्रतिशेयर आम्दानी २०.९४ रुपैयाँबाट घटेर १५.५३ रुपैयाँ रहेको छ। बैंकको सञ्चित कोषमा ३ अर्ब ४६ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

गत आवको अन्त्यसम्म खराब कर्जा अनुपात १.८६ प्रतिशत रहेकोे बैंकको कर्जा निक्षेप अनुपात ७१.३० प्रतिशत रहेको छ । बैंकको आधार ब्याजदर ८.९५ प्रतिशत रहेको बैंकको कर्जा निक्षेप व्याज अन्तर (स्प्रेडदर) ४.३७ प्रतिशत रहेको छ । मूल्य आम्दानी अनुपात १५.०७ प्रतिशत रहेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।