एभरेष्ट बैंकको खुद नाफामा गिरावट, लाभांश क्षमता कति ?

0
Shares

एभरेष्ट बैंक (EBL) ले गत आर्थिक वर्ष २०७६/०७७ मा अघिल्लो आवको तुलनामा खुद नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ ।

बैंकले गत आवको असार मसान्तसम्ममा २ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले अघिल्लो आवको सोही अवधिसम्ममा ३ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आवको तुलनामा बैंकको नाफा ५६ करोडले घटेको हो ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै बैंकको खुद नाफा पनि घटेकोे हो। बैंकले गत आवमा १ अर्ब ६७ करोड ३१ लाख वितरणयोग्य नाफा कमाएको छ । बैैंकले झण्डै २० प्रतिशतसम्म लाभांश वितरण गर्न सक्छ ।

बैंकले गत आवमा ५ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ३८ करोड रुपैयाँ कम हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ७८ करोडले घटेर ३ अर्ब ५७ करोड कायम भएको छ।

खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि गिरावट भएको छ। ८ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको प्रतिशेयर आम्दानी ३१.१५ रुपैयाँ छ।

बैंकको जगेडा कोषमा ८ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ भने रिटेन्ड अर्निङ्ग १ अर्ब ७२ करोड र शेयर प्रिमियम २३ करोड रुपैयाँ रहेको छ। बैंकको रिटेन्ड अर्निङ समेत घटेको छ ।

बैंकको खराब कर्जा सामान्य बढेर ०.२२ प्रतिशत कायम भएको छ । जसको प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ८४ पैसा, मूल्य आम्दानी अनुपात २१.६७ गुणा, पूँजीकोष अनुपात १३.३२ प्रतिशत र कोषको लागत ७.११ प्रतिशत रहेको छ। असार मसान्तसम्ममा बैंकको आधारदर ८.०५ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात ६८.५७ प्रतिशत छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० साउन २०७७, शुक्रबार  ०५ : ५२ बजे