स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष ०७६/०७७ नाफा घटेको वित्तीय विवरण प्रकाशित गरेको छ। वर्षभरी २३ अर्बले निक्षेप बढाएको बैंकको जम्मा ८२ करोडले मात्र कर्जा विस्तार हुँदा खुद ब्याज आम्दानी खस्केपछि नाफा उच्चदरले घटेको छ ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ९८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ४५ करोड रुपैयाँ कम हो। गत आवको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा घटेसँगै बैंकको खुद नाफा घट्न पुगेको हो। नाफा घटेपछि बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ७६ पैसामा झरेको छ । बैंकको मूल्य आम्दानी अनुपात २६.०५ गुणा कायम छ भने प्रतिशेयर नेटवर्थ १८८.५० रुपैयाँ छ।
गत आवको अन्त्यसम्ममा ९८ अर्ब ४६ करोड निक्षेप संकलन गरेको बैंकले ५३ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकमा यसअवधिमा २३ अर्ब निक्षेप थपिदा कर्जा विस्तार गर्न सकेको छैन् । बैंकको कर्जा ८२ करोडले मात्र बढेको छ ।
जसले गर्दा बैंकको ब्याज खर्च बढेपछि खुद ब्याज आम्दानी घटेको छ । बैंकले असारसम्ममा ३ अर्ब ५१ करोड खुद ब्याज आम्दानी गर्न गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा एक करोड कम हो ।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ६४ करोड रुपैयाँले घटेर २ अर्ब ८४ करोड कमाएको छ। समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन मुनाफामा भने उल्लेख्य कमी आएको छ।
बैंकको चुक्ता पूँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ। बैंकले असार मसान्तसम्ममा ५ अर्ब ५६ करोड रुपैयाँ जगेडा कोषमा र १ अब ५२ करोड रुपैयाँ शेयरधनी कोषमा जम्मा गरेको छ।
समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा सामान्य बढेर ०.४४ प्रतिशत पुगेको छ। बैंकको कोषको लागत ४.८४ प्रतिशत, आधारदर ७.० प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात ६६.४३ प्रतिशत छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया