एनआईसी एशियाको खुद नाफा ३ अर्ब माथि, वितरणयोग्य नाफा ३३% घट्यो

0
Shares

एनआईसी एशिया बैंक लिमिटेड (NICA) ले गत आर्थिक वर्ष २०७६/७७ मा ३ अर्ब १२ करोड १४ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले आर्जन गरेको यो नाफा अघिल्लो आर्थिक वर्षको यहि अवधीको तुलनामा ९ करोड ४२ लाख रुपैयाँ अर्थात ३.२५ प्रतिशतले मात्र बढी हो।

वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य नाफा भने ३३.०८ प्रतिशत अर्थात ७१ करोड २१ लाख रुपैयाँले घटेर १ अर्ब ४४ करोड ७ लाख ३४ हजारमा झरेको छ। चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख ५२ हजार रहेको बैंकले यो नाफाबाट शेयरधनीलाई १४.८२ प्रतिशत लाभांश वितरण गर्ने क्षमता राख्दछ।

यस अवधीमा बैंकले २ खर्ब १ अर्ब ६३ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६० अर्ब १८ करोड ५६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। एक वर्षको अवधिमा बैंकको निक्षेप १७ र कर्जा लगानी १२ प्रतिशतले बढेको छ।

कर्जा लगानीबाट ७ अर्ब ६० करोड ४८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको यहि अवधिको तुलनामा ६४ करोड ४८ लाख रुपैयाँ बढी हो। बैंकको सञ्चालन नाफा भने समीक्षा अवधिमा ४ करोड ६० लाख रुपैयाँले घटेर ४ अर्ब ४६ करोड ७४ लाख रुपैयाँ पुगेको छ।

Particulars Sunrise Bank Limited  ( Rs in’000)
Q4 2076/77 Q4 2075/76 Difference %
Paid Up Capital 9,717,652 8,834,229 10.00%
Reserves 5,824,107 3,988,626 46.02%
Retained Earnings 1,693,777 2,112,881 -19.84%
Profit/(Loss) for the Year 3,121,488 3,023,283 3.25%
EPS (In Rs.) 32.12 34.22 -6.14%
Net Worth per Share (In Rs.) 177.36 169.07 4.90%
Deposits from Customers 201,630,384 171,428,411 17.62%
Loans & Advances to Customers 160,185,659 142,574,006 12.35%
Net Interest Income 7,604,832 6,960,033 9.26%
Impairment Charge/(Reversal) 1,120,474 598,918 87.08%
Operating Profit 4,467,614 4,513,617 -1.02%
Distributable Profit/ (Loss) after P/L Appropriation and Regulatory Adjustments 1,440,734 2,152,857 -33.08%
Capital Adequacy Ratio (CAR) % 13.2 13.32 -0.90%
NPL % 0.75 0.46 63.04%
CCD (as per NRB Directives) % 70.29 74.84 -6.08%
Cost of Fund (%) 5.56 6.97 -20.23%
Base Rate (%) 7.7 9.48 -18.78%
Qtr End PE Ratio (times) 17.22 12.96 32.87%

 

चुक्ता पूँजी ९ अर्ब ७१ करोड ७६ लाख ५२ हजार रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी ३२.१२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७७.३६ रुपैयाँ र मुल्य आम्दानी अनुपात १७.२२ गुणा छ।

बैंकको जगेडा कोषमा ५ अर्ब ८२ करोड ४१ लाख रुपैयाँ सञ्चित छ। एक वर्षको अवधिमा बैंकको जगेडा कोषको आकार ४६ प्रतिशत अर्थात १ अर्ब ८३ करोड ५४ लाख रुपैयाँले वृद्धि भएको छ।

बैंकको खराब कर्जा अनुपात भने ०.२९ प्रतिशतले बढेर ०.७५ प्रतिशत पुगेको छ। यसले बैंकको सम्भावित कर्जा नोक्सानी व्यवस्था रकम समेत ८७ प्रतिशतले बढेर १ अर्ब १२ करोड पुगेको छ।

बैंकको कष्ट अफ फण्ड ५.५६ प्रतिशत, आधार दर ७.७० प्रतिशत र स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३० साउन २०७७, शुक्रबार  ०७ : २८ बजे