हिमालयन बैंकको वितरणयोग्य नाफा ३५% ले घट्यो, EPS २७.१३ रुपैयाँ


हिमालयन बैंक (HBL) ले गत आर्थिक वर्ष ०७६/०७७ मा २ अर्ब ५४ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेकोे छ। बैंकको नाफा अघिल्लो २२ करोड अर्थात ८ प्रतिशत कम हो ।

बैंकले अघिल्लो आवमा २ अर्ब ७६ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको वितरण योग्य मुनाफा एक अर्ब ३० करोड रुपैयाँ छ। यो नाफा अघिल्लो आवको तुलनमा ३५ प्रतिशतले घटेको हो।

बैंकको खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा घटेपछि खुद नाफामा कमी आएको हो । बैंकको इम्पेरिमेन्ट चार्ज समेत बढेको छ । यसअवधिमा बैंकले खराब कर्जा भने सामान्य घटाउन सफल भएको छ ।

असार मसान्तसम्ममा १ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप साढे १४ तथा कर्जा साढे ९ प्रतिशतले बढेको हो। गत आवको अन्त्यसम्ममा बैंकले ४ अर्ब ७५ करोड खुद ब्याज आम्दानी गरेको छ । बैंकको खुद ब्याज आम्दानी अघिल्लो आवको सोही अवधिको तुलनामा साढे ५ प्रतिशत कम हो ।

बैंकको नाफा घटेसँगै प्रतिशेयर आम्दानीमा गिरावट आएकोे छ। ९ अर्ब ३७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ १३ पैसा छ। यो गत आवको सोही अवधिको तुलनामा ५ रुपैयाँ ३१ पैसा कम हो। बैंकको जगेडा कोषमा ६ अर्ब ६६ करोड रुपैयाँ र शेयरधनी कोषमा २ अर्ब ५ करोड रुपैयाँ सञ्चित छ।

बैंकको प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ २० पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १९.९१ गुणो छ। बैंकको निष्क्रिय कर्जा १.०१ प्रतिशत रहेको छ ।

बैंकको पूँजीकोष अनुपात १४.६७ प्रतिशत र कोषको लागत ६.१८ प्रतिशत रहेको छ। असार मसान्तसम्ममा बैंकको आधारदर ८.३८ प्रतिशत छ । यस्तै कर्जा निक्षेप अनुपात ६८.८५ प्रतिशत छ ।

Particulars Himalayan Bank Limited  ( Rs in’000)
Q4 2076/77 Q4 2075/76 Difference 
Paid Up Capital 9,372,281 8,520,257 10.00%
Reserves 5,669,059 5,303,396 6.89%
Retained Earnings 2,503,057 2,171,147 15.29%
Profit/(Loss) for the Year 2,542,588 2,763,848 -8.01%
EPS (In Rs.) 27.13 32.44 -16.37%
Net Worth per Share (In Rs.) 187.2 188.76 -0.83%
Deposits from Customers 125,264,382 109,387,060 14.51%
Loans & Advances to Customers 101,653,351 92,697,318 9.66%
Net Interest Income 4,756,647 5,031,341 -5.46%
Impairment Charge/(Reversal) 303,101 133,622 126.83%
Operating Profit 3,348,838 3,942,212 -15.05%
Distributable Profit/(Loss) after P/L Appropriation and Regulatory Adjustments 1,309,244 2,022,439 -35.26%
Capital Adequacy Ratio (CAR) % 14.67 12.6 16.43%
NPL % 1.01 1.12 -9.82%
CCD (as per NRB Directives) % 66.85 75.59 -11.56%
Cost of Fund (%) 6.18 6.55 -5.65%
Base Rate (%) 8.38 9.05 -7.40%
Qtr End PE Ratio (times) 19.91 16.52 20.52%

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।