नेपाल बङ्गलादेश बैंकले कमायो १ अर्ब २४ करोड नाफा, अन्य सूचक यस्ता

0
Shares

नेपाल बङ्गलादेश बैंक (NBB) ले गत आर्थिक वर्ष २०७६/७७ मा १ अर्ब २४ करोड ४५ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको यो नाफा अघिल्लो आवको तुलनामा ३४ करोड ३३ लाख रुपैयाँले घटेको हो।

लकडाउनका कारण कर्जा असुली हुन नसकेपछि बैंकको खराब कर्जा अनुपात १.१५ प्रतिशतले बढेर २.८९ प्रतिशत पुग्दा सम्भावित कर्जा नोक्सानी व्यवस्था रकम ३४ करोड ९२ लाख बढेर ७९ करोड ६४ लाख ७९ हजार रुपैयाँ व्यवस्था गरेको छ। बढ्दो कर्मचारी, सञ्चालन खर्च र नोक्सानी व्यवस्थाको कारण बैंकको नाफा साढे २१ प्रतिशतले घटेको हो।

वित्तीय विवरण अनुसार गत आर्थिक वर्षमा बैंकले ६६ अर्ब ४३ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ९६ करोड ६५ लाख कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६ करोड १८ लाख रुपैयाँ घटेर २ अर्ब ८४ करोड ४७ लाख ३६ हजारमा सीमित भएको छ।

बैंकको सञ्चालन नाफा पनि समीक्षा अवधिमा २० प्रतिशतले घटेर १ अर्ब ८० करोड ५ लाखमा संकुचित बनेको छ।

Particulars Nepal Bangladesh Bank Limited  ( Rs in’000)
Q4 2076/77 Q4 2075/76 Difference %
Paid Up Capital 8,495,814 8,088,299 5.04%
Reserves 4,112,199 3,318,769 23.91%
Retained Earnings 488,394 1,009,876 -51.64%
Profit/(Loss) for the Year 1,244,580 1,587,960 -21.62%
EPS (In Rs.) 15.01 19.63 -23.54%
Net Worth per Share (In Rs.) 154.15 153.91 0.16%
Deposits from Customers 66,435,054 56,228,819 18.15%
Loans & Advances to Customers 58,966,517 52,519,197 12.28%
Net Interest Income 2,844,736 2,906,537 -2.13%
Impairment Charge/(Reversal) 796,479 447,244 78.09%
Operating Profit 1,800,558 2,272,028 -20.75%
Distributable Profit/ (Loss) after P/L Appropriation and Regulatory Adjustments 449,114 1,039,789 -56.81%
Capital Adequacy Ratio (CAR) % 13.17 13.63 -3.37%
NPL % 2.89 1.74 66.09%
CCD (as per NRB Directives) % 69.71 72.88 -4.35%
Cost of Fund (%) 6.37 7.6 -16.18%
Base Rate (%) 8.62 10.2 -15.49%
Qtr End PE Ratio (times) 13.92 11.09 25.52%

 

अघिल्लो आवबाट ५ प्रतिशत बोनस वितरण गरेर चुक्ता पूँजी ८ अर्ब ४९ करोड ५८ लाख १४ हजार रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १५.०१ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५४.१५ रुपैयाँ, कोषको लागत ६.३७ प्रतिशत, आधार दर ८.६२ प्रतिशत र मूल्य आम्दानी अनुपात १३.९२ गुणा कायम भएको छ।

गत आवमा बैंकको वितरणयोग्य नाफा ४४ करोड ९१ लाख १४ हजार रुपैयाँ रहेको छ। यसबाट बैंकले ५.२९ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता कायम भएको छ।

यस अवधिसम्ममा बैंकको जगेडा कोष ७९ करोड ३४ लाख बढेर ४ अर्ब ११ करोड २२ लाख रुपैयाँ सञ्चित छ। त्यसैगरी, बैंकको शेयरधनी कोष भने अघिल्लो आवको लाभांश वितरणपछि ५२ करोड १४ लाख घटेर ४८ करोड ८३ लाख रुपैयाँमा रहेको छ।

 

मग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।