डकसुमोले बेटर क्यापिटलबाट उठायो २ लाख २० हजार अमेरिकी डलर बीज कोष

0
Shares

सन् २०१९ मा स्थापना भएको डकसुमो डकुमेन्ट एल नामक स्टार्टअप कम्पनीले रुपेक, ओपन, खाटाबुक, याप जस्ता अन्य थुप्रै लोकप्रिय फिनटेक कम्पनीमा लगानी गर्ने बेठर क्यासपटल नामक सुरुवाती स्टेज भेन्चर फर्मबाट बीज कोष उठाएको छ ।

यस राउण्डमा विश्वव्यापी विकासमा बढुवा ल्याउने टेकस्टारर्स र बारक्लेजज जस्ता कम्पनीले पनि सहभागिता जनाएका थिए जसले गर्दा यस कम्पनीले कुल २ लाख २० हजार अमेरिकी डलर रकम उठाउन सकेको कम्पनीले जनाएको छ । 

यस स्टार्टअप कम्पनीले बैंक स्टेटमेन्ट र आइडी कार्ड जस्ता कागजातहरूलाई वित्तीय संस्थाका डेटाको रूपमा रूपान्तरण गर्ने सेवा प्रदान गर्छ जसले गर्दा वित्तीय कम्पनीहरूले डेटा क्याप्चर, विश्लेषण तथा ठगी पहिचान जस्ता सेवामार्फत कार्यालय खर्चमा ७० प्रतिश सम्म बचत गर्न सक्छन् ।

मुम्बईमा मुख्यालय रहेको डकसुमोलाई रकेट इन्टरनेट इन एसिया नामक फर्मका पूर्व प्रबन्ध निर्देशक रुषभ सेठ र सोही फर्मका बिजनेस इन्टलिजेन्स तथा डेटा साइन्स प्रमुख रहेका बिक्रम दाहाल मिलेर स्थापना गरेका थिए ।

यस स्टार्टअप कम्पनीको इन्जिनियरिङ टोली नेपालको काठमाडौंमा छ भने मुख्य कार्यालय मुम्बईमा रहेको छ । आफूले पहिले काम गर्ने फर्मको वित्तीय प्रमुखले बैंकका स्टेटमेन्ट र इनभ्वाइस मिलाउनमा धेरै दिन खर्चेको देखेका रुषभ र बिक्रमले डेटा विज्ञान तथा सफ्टवेयर इन्जिनियरिङमा रहेको आफ्नो दक्षता प्रयोग गरेर डकसुमो निर्माण गरे ।

डकुमेन्ट अल बजारको विश्वव्यापी मूल्य १.५ अर्ब डलर रहेको अनुमान गरिएको छ र कम्प्युटर भिजनमा भएको हालैका विकासले गर्दा यो ७०५ को दरले वार्षिक रूपमा वृद्धि भइरहेको छ । डकसुमोजको मुख्य प्रविधिको प्लेटफर्मले बैंक स्टेटमेन्ट, पेस्टब, कर सम्बन्धी डेटा र व्यवसायसम्बन्धी वित्तीय कागजातहरू जस्ता वित्तीय डेटाको वित्तीय अटोमेसन र विश्लेषण गर्नमा मद्दत गर्छ ।

यसले कम्पनी र फर्महरूलाई नमिलेका कागजातहरू मिलेका डेटामा रूपान्तरण गर्न मद्दत गर्छ । विभिन्नखाले विश्लेषणका प्रविधि र डेटा विज्ञान प्रयोग गरेर डकसुमोल ले आफ्ना ग्राहकलाई लाग्ने समय कम गर्न र अन्डरराइटिङ प्रकृयाको सटीकता तथा प्रभावकारीता बढाउन मद्दत गर्छ ।

मग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।