लक्ष्मी बैंकको ब्याज आम्दानी बढे पनि नाफा ६ प्रतिशतले घट्यो

0
Shares

लक्ष्मी बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा ब्याज आम्दानी बढाएको भए पनि नाफा भने घटेको छ । बैंकको आम्दानीको प्रमुख स्रोत रुपमा रहेको खुद ब्याज आम्दानी ७.६४ प्रतिशतले बढेको भए पनि नाफा ६ प्रतिशतले घटेको हो ।

बैंक गत आवमा एक अर्ब ४८ करोड रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ६.६१ प्रतिशतले थोरै हो । अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ५९ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

तर, बैंकले गत आवमा ३ अर्ब ४१ करोड खुद ब्याज आम्दानी गरेको छ । यो ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा ७.६४ प्रतिशतले धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

गत आवमा बैंकको खुद फि तथा कमिसन आम्दानी भने करिब ४ करोड रुपैयाँले बढेर ७० करोड ५९ लाख पु¥याएको छ । यो अवधिमा बैंकको खर्च भने सामान्य वृद्धि भएको छ । तर, बैंकको जोखिम ब्यवस्था बापत ३४ करोड ५५ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकले सो शिर्षकमा १२ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेको बैंकको संञ्चित कोषमा २ अर्ब ५४ करोड रुपैयाँ छ । गत आर्थिक वर्षमा १ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ८९ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रबाह गरेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १५.१३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४२.२४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.८१ गुणा छ । बैंकको खराब कर्जा अनुपात भने १.०४ प्रतिशत छ । गत आवमा बैंकको कष्ट अफ फण्ड ६.१८ प्रतिशत, आधार दर ९.२३ प्रतिशत र स्प्रेड दर ३.९४ प्रतिशत छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।