एनएमबि लघुवित्तले खराब कर्जा असुलेर २४ प्रतिशतले बढायो खुद नाफा


एनएमबि लघुवित्तले खराब कर्जा असुलेर गत आर्थिक वर्ष २०७६/०७७ को चौथो त्रैमासमा खुद नाफा २३.९६ प्रतिशतले बढाएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा ६ करोड ९ लाख ८२ हजार रुपैंया खुद नाफा कमाएको लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमास सम्ममा ७ करोड ५५ लाख ९८ हजार रुपैंया खुद नाफा कमाएको हो ।

खुद नाफा बढे पनि चुक्ता पूँजी वृद्धिको अनुपात धेरै भएकाले लघुवित्तको प्रतिशेयर आम्दानीमा संकुचन आएको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा ३७ रुपैंया ६४ पैसा रहेको लघुवित्तको प्रतिशेयर आम्दानी गत असार मसान्तमा १६ रुपैंया ६७ पैसा कायम भएको हो ।

एक वर्षको अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ९ करोड ४८ लाख रुपैयाँबाट घटेर २ करोड ३५ लाख रुपैयाँ काउम भएको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा १२ करोड २१ लाख १८ हजार रुपैंया छुट्याएको छ ।

४५ करोड ३६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २७ करोड ३९ लाख ९ हजार रुपैयाँ सञ्चित छ ।
समीक्षा अवधिमा २.०२ प्रतिशतको निष्कृय कर्जा अनुपात २.३३ प्रतिशतमा उक्लिएको छ ।

प्रतिशेयर नेटवर्थ १६० रुपैंया ३८ पैसा रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात ४८.४८ गुणाले बढी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।