प्राइम बैंकको नाफा ४ प्रतिशतले बढ्दा पनि प्रतिशेयर आम्दानी ३०% घट्यो

0
Shares

प्राइम कमर्सियल बैंक (PCBL) को खुद नाफा गत आर्थिक वर्ष २०७६/०७७ मा करिब १० करोड रुपैयाँ अर्थात ४ प्रतिशतले बढेको छ । तर, बैंकले कैलाश विकास बैंकलाई प्राप्ती गरेपछि ५० प्रतिशतले बढेको चुक्ता पूँजीको आधारमा खुद नाफा बढ्न नसक्दा बैंकको प्रतिशेयर आम्दनीमा भने उच्च गिरावट आएको छ ।

कोरोना कहरका बावजुत पनि बैंकको कार्यसम्पादन अन्य बैंकहरुको तुलनामा उत्साहजनक रहेको छ। गत आर्थिक वर्षमा बैंकले २ अर्ब २९ करोड २८ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकको यो नाफा अघिल्लो आवको तुलनामा ४.२८ प्रतिशतले धेरै हो। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब १९ करोड ८७ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत आर्थिक वर्षमा बैंकले जोखिम ब्यवस्थाका लागि करिब ५ गुणा धेरै रकम छुट्टाएको छ। गत आवमा बैंकले ७८ करोड २९ लाख रुपैयाँ जोखिम व्यवस्था वापत छुट्याएको छ । अघिल्लो आवमा बैंकले १३ करोड ५३ लाख रुपैयाँ सो शीर्षकमा छुट्याएको थियो।

गत आर्थिक वर्षमा बैंकले १ अर्ब १९ अर्ब ४४ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ खर्ब १० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । समीक्षा अवधिमा ५० प्रतिशत धेरैले निक्षेप तथा कर्जा लगानी वृद्धि गरेको बैंकको खुद ब्याज आम्दानी १ अर्ब ३ करोड ३२ लाख रुपैयाँले बढेको छ।

बैंकले गत आवमा ४ अर्ब ६१ करोड ७८ लाख खुद ब्याज आम्दानी गरेको छ । यो ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा २८.८२ प्रतिशतले धेरै हो । बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ५८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत आवमा बैंकको खुद फि तथा कमिसन आम्दानी पनि १७.६९ प्रतिशतले बढेको छ ।

हाल चुक्ता पूँजी १३ अर्ब ९८ करोड ५२ लाख ३९ हजार रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी १६.३९ रुपैयाँ छ। बैंकको सञ्चित कोषको आकार ९१ प्रतिशतले बढेर ४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ भने गत आवमा बैंकको प्रतिशेयर नेटवर्थ १४६.९१ रुपैयाँ कायम भएको छ। बैंकको मूल्य आम्दानी अनुपात १५.५५ गुणा छ ।

Particulars Prime Commercial Bank Limited   ( Rs in ‘000)
Q4, 2076/2077 Q4,2075/2076 Difference
Paid-up Capital 13,985,249.50 9,318,626.70 50.08%
Retained Earnings 1,764,348.42 1,575,645.63 11.98%
Reserves 4,795,693.61 2,509,716.96 91.09%
Profit/(Loss) for the Year 2,292,802.57 2,198,792.24 4.28%
EPS (Rs.) 16.39 23.59 -30.52%
Net worth per share (Rs.) 146.91 143.84 2.13%
Deposit from Customers 119,441,613.62 77,040,074.37 55.04%
Loans & Advances to Customers 110,454,295.53 72,545,401.63 52.26%
Net Interest Income 4,617,810.77 3,584,607.18 28.82%
Fee and Commission Income 902,550.79 766,872.08 17.69%
Impairment Charge/(Reversal) 782,960.20 135,339.95 478.51%
Operating Profit 3,270,233.19 3,149,515.70 3.83%
Distributable Profit/(Loss) after P/L appropriation and Regulatory Adjustments 1615719 1600773 0.01%
Capital Adequacy Ratio (CAR) (%) 13.4 12.76 5.02%
Non-Performing Loan (NPL) 1.54 1 54.00%
CCD (as per NRB Directive) 74.54 77.03 -3.23%
Cost of Fund (%) 7.14 7.9 -9.62%
Base Rate (%) 8.62 10.03 -14.06%
Qtr End PE Ratio (Rs.) 15.55 10.95 42.01%

 

बैंकको खराब कर्जा अनुपात भने १.५४ प्रतिशत रहेको छ। गत आवमा बैंकको कष्ट अफ फण्ड ७.१४ प्रतिशत, आधार दर ८.६२ प्रतिशत र स्प्रेडदर ४.२२ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षमा नै कन्काई र कैलाश विकास बैंकलाई प्राप्ती गरेपछि प्राइम कमर्सियल बैंक सशक्त रुपमा अगाडि बढ्दै आएको छ। कन्काई विकास बैंकलाई २०७६ भदौ २८ गते र कैलाश विकास बैंकलाई फागुन २८ गते प्राप्ती गरेर बैंकले एकीकृत कारोबार थालेको थियो।

खुद नाफासँगै बैंकको वितरण योग्य मुनाफा पनि बढेको छ। गत आवमा बैंकको वितरणयोग्य नाफा १ करोड ५० लाख रुपैयाँ वृद्धि भई १ अर्ब ६१ करोड ५७ लाख रुपैयाँ पुगेको छ। यसबाट बैंकले आफ्ना शेयरधनीलाई ११.५० प्रतिशत लाभांश वितरण गर्नसक्ने क्ष्मता राख्दछ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।