माछापुच्छ्रे बैंकको खुद नाफामा २५ प्रतिशतको संकुचन, वितरणयोग्य नाफा ९० करोड ८२ लाख

0
Shares

माछापुच्छ्रे बैंक (MBL) ले गत आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब २५ करोड २० लाख ४२ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २५.२२ प्रतिशतले थोरै हो ।

अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ६९ करोड ७० लाख ८८ हजार रुपैयाँ खुद नाफा गरेको थियो । नोक्सानी व्यवस्था बढ्दा बैंकको खुद नाफामा ४४ करोड ५० लाख रुपैयाँ गिरावट आएको हो। कोरोना भाइरसका कारण गरिएको ४ महिना लकडाउन र नियामक निकाय नेपाल राष्ट्र बैंकले दिएको ब्याज छुट र कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरण कारण पनि बैंकको गत आवको नाफामा असर परेको छ।

बैंकको खराब कर्जा अनुपात वृद्धि हुँदा जोखिम व्यवस्था बापत ६० करोड ४० लाख रुपैयाँ राखेको छ जवकी बैंकले अघिल्लो आर्थिक वर्षमा सो शीर्षकमा ११ करोड ७१ लाख रुपैयाँ मात्र व्यवस्था गरेको थियो।

गत आवमा बैंकको वितरणयोग्य नाफा भने ९० करोड ८२ लाख ७८ हजार ५२४ रुपैयाँ रहेको छ । यस आधारमा बैंकले १०.७४ प्रतिशत लाभांश वितरण गर्नसक्ने क्षमता कायम बनाएको छ। यद्यपी बैंकले यसअघि सञ्चित नाफा समेत जोडेर लाभांश क्षमताभन्दा धेरै लाभांश पनि वितरण गर्न सक्दछन्।

बैंकले गत आर्थिक वर्षमा ३ अर्ब ८६ करोड १८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो खुद ब्याज आम्दानी जुन गत वर्षको तुलनामा ३२ करोड रुपैयाँले धेरै हो । गत आर्थिक वर्षमा बैंकले ३ अर्ब ५४ करोड ९७ लाख ५५ हजार रुपैयाँ खुुद ब्याज आम्दानी गरेको थियो ।

Particulars Machhapuchchhre  Bank Limited  ( Rs in’000)
Q4 2076/77 Q4 2075/76 Difference 
Paid Up Capital 8,458,478 8,055,693 5.00%
Reserves 2,157,907 1,856,830 16.21%
Retained Earnings 924328.83 1293467.202 -28.54%
Profit/(Loss) for the Year 1,252,043 1,697,088 -26.22%
EPS (In Rs.) 14.8 20.06 -26.22%
Net Worth per Share (In Rs.) 136.8 139.57 -1.98%
Deposits from Customers 104,098,900 85,198,402 22.18%
Loans & Advances to Customers 92,336,303 75,095,774 22.96%
Net Interest Income 3,861,899 3,549,756 8.79%
Impairment Charge/(Reversal) 604,002 117,171 415.49%
Operating Profit 1,905,435 2,400,282 -20.62%
Distributable Profit/ (Loss) after P/L Appropriation and Regulatory Adjustments 908,279 1,320,458 -31.21%
Capital Adequacy Ratio (CAR) % 13 12.79 1.64%
NPL % 0.54 0.37 45.95%
CCD (as per NRB Directives) % 73.81 76.98 -4.12%
Cost of Fund (%) 6.71 7.88 -14.85%
Base Rate (%) 9.21 10.37 -11.19%
Qtr End PE Ratio (times) 14.86 12.48 19.07%

 

गत आवमा बैंकको निक्षेप संकलन ८५ अर्ब १९ करोड रुपैयाँबाट बढेर १ खर्ब ४ अर्ब ९ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने कर्जा लगानी ७५ अर्ब ९ करोड रुपैयाँबाट बढेर ९२ अर्ब ३३ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।

हाल चुक्ता पूँजी ८ अर्ब ४५ करोड ८४ लाख ७७ हजार रुपैयाँ रहेको बैंकको प्रतिशेयर आम्दानी २०.६ रुपैयाँ घटेर १४.८० रुपैयाँमा झरेको छ। यस्तै सञ्चित जगेडा कोष १ अर्ब ८५ करोड ६८ लाख रुपैयाँबाट बढेर २ अर्ब १५ करोड ७६ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३६.८० रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.८६ गुणा रहेको छ ।

बैंकको खराब कर्जा अनुपात ०.३७ प्रतिशतबाट बढेर ०.५४ प्रतिशत पुगेको छ । असार मसान्तसम्ममा बैंकको आधार दर ९.२१ प्रतिशत छ भने स्प्रेड दर ४.३६ प्रतिशत, कर्जा निक्षेप अनुपात ७३.८१ प्रतिशत, पूँजी कोष अनुपात १३ प्रतिशत र कोषको लागत ६.७१ प्रतिशत छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।