६६ करोडको IPO निष्काशन गर्न लागेको ज्योति लाइफको व्यवसाय ८० प्रतिशतले बढ्दा खुद नाफा स्थिर


बीमा समितिले तोकेको चुक्ता पूँजी २ अर्ब कायम गर्नका लागि ६६ करोड रुपैयाँको साधारण शेयर निष्काशनको तयारीमा रहेको ज्योति लाइफ इन्स्योरेन्सले फराकिलो अन्तरले व्यवसाय सुधारिएको वित्तीय विबरण निकालेको छ ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब ७८ करोड ७ लाख ३ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले ९८ करोड ७७ लाख १५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क रकम ७९ करोड २९ लाख ८८ हजार अर्थात ८०.२८ प्रतिशतले बढेको हो ।

लगानी कर्जा तथा अन्य शीर्षकबाट इन्स्योरेन्सले १५ करोड ४५ लाख ३३ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा इन्स्योरेन्सले यो शीर्षकमा ८ करोड ४५ लाख ५७ हजार रुपैंया आम्दानी गरेको थियो । इन्स्योरेन्सका अरु आम्दानीका शीर्षकमा पनि सुधार देखिएको छ ।

इन्स्योरेन्सले अघिल्ले आर्थिक वर्षको असार मसान्तसम्ममा १३ लाख ७५ हजार रुपैयाँको खुद बीमा दाबी भुक्तानी गरेकोमा गत आर्थिक वर्षको सोही अवधिमा ८५ लाख ९ हजार रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ । अभिकर्ता कमिशनमा अघिल्लो आर्थिक वर्षमा २० करोड १० लाख रुपैयाँ खर्चेको इन्स्योरेन्सले गत आर्थिक वर्षको सोही अवधिमा २९ करोड ८२ लाख ६६ हजार रुपैयाँ खर्च गरेको छ ।

उल्लेखित आम्दानी र खर्चको समायोजनबाट इन्स्योरेन्सले १ अर्ब ३० करोड ५ लाख २६ हजार रुपैयाँ बचत गरेको छ । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले आम्दानी तथा खर्च समायोजना गरी ५८ करोड ९६ लाख ६७ हजार रुपैयाँ बचत गरेको थियो ।

बचत शीर्षकबाट इन्स्योरेन्सले १ अर्ब २७ करोडड ७१ लाख ७८ हजार रुपैयाँ जीवन बीमा कोषमा सारेर २ करोड ८० लाख ८१ हजार रुपैयाँ नाफा नोक्सान हिसावमा सारेको छ । अघिल्लो आर्थिक वर्षमा इन्स्योरेन्सले ५७ करोड ६४ लाख ८३ हजार रुपैयाँ जीवन बीमा कोषमा सारेर बाँकी रहेको १ करोड ३१ लाख ८३ हजार रुपैयाँ नाफा नोक्सान हिसावमा सारेको थियो ।

लगानी कर्जा तथान्य आम्दानीको रकम १५ करोड ३६ लाख ५३ हजार रुपैयाँबाट १४ करोड ५३ लाख १४ हजार रुपैयाँमा झरेको इन्स्योरेन्सको इन्स्योरेन्सको व्यवस्थापन खर्च झण्डै ६ करोड रुपैयाँले बढेर ३ करोड ५३ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

अन्य खर्च तथा कर्मचारी बोनसमा आएको वृद्धिसँगै इन्स्योरेन्सको खुद नाफामा भने सामान्य वृद्धि मात्र देखिएको छ । अघिल्लो आर्थिक वर्षको असार मसान्तमा १२ करोड ४६ लाख ३२ हजार रुपैयाँ खुद नाफा कमाएको इन्स्योरेन्सले गत आर्थिक वर्षको सोही अवधिमा १२ करोड ५७ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । समीक्षा अवधिमा इन्स्योरेन्सको खुद नाफा ६ लाख ४१ हजार अर्थात ०.५१ प्रतिशतले मात्र बढेको हो ।

यसरी व्यवसाय बढ्दा पनि खुद नाफा बढ्न नसके पछि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ८ रुपैयाँ १३ पैसा कायम भएको छ ।

१ अर्ब ५४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडडा कोषको आकार २३ करोड २० लाख ९० हजार रुपैयाँबाट बढेर ३९ करोड ९५ लाख १६ हजार रुपैयाँ पुगेको छ । इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ८३ पैसा छ ।

समीक्षा अवधिमा इन्स्योरेन्सको जीवन बीमा कोष ७२ करोड ८८ लाख ३७ हजारबाट १ अर्ब ९७ करोड ३ लाख ९४ हजार रुपैयाँ पुगेको छ । त्यसैगरी महाविपत्ती जगेडा २ करोड ५७ लाख ८७ हजारबाट ४ करोड ४३ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

इन्स्योरेन्सले ७३ वटा दाबी भुक्तानी गरेको छ भने भुक्तानी गर्नु पर्ने दाबी संख्या शुन्य रहेको छ ।

ज्योति लाइफको ६६ करोडको आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।