शिखर इन्स्योरेन्सको लिलामी शेयरमा कति आउला कट अफ मूल्य ?


शिखर इन्स्योरेन्सले हकप्रदमा बिक्री नभएको ८७ हजार ४१२ कित्ता शेयरको बोलकबोल खोल्ने काम भईरहेको छ ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एक क्यापिटलको कार्यालयमा इन्स्योरेन्सको लिलामी शेयरको बोलकबोल खोल्न सुरु गरिएको हो । १ हजार ८८५ ले इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन गरेका छन् । सबै आवेदकको बोलकबोल र प्रस्तावित मूल्य सार्वजनिक गरे पछि मात्र न्युनतम मूल्य निर्धारण हुनेछ ।

इन्स्योरेन्सले गत असारमा निष्काशन गरेको ३० प्रतिशत हकप्रदमा बिक्री नभएको शेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।

कम्पनीले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद जारी गरेकोमा ८७ हजार ४१२ कित्ता बिक्री हुन सकेको थिएन । उक्त शेयर साउन २१ बुधबारदेखि २८ गतेसम्म लिलामीमा राखिएको थियो ।

शेयर बोलकबोल कसरी खोलिँदैछ ? प्रत्यक्ष हेर्नु होस् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।