मुक्तिनाथ विकास बैंकले घटायो हायर पर्चेज कर्जाको व्याजदर

0
Shares

मुक्तिनाथ विकास बैंक (MNBBL) ले भदौ १ गतेदेखि लागू हुने गरी बैंकले प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर २ प्रतिशतसम्म घटाएको छ ।

बैंकले हाल विद्यामन कोरोना भाइरसको महामारी नियन्त्रणको लागि नेपाल सरकारले लागू गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट अर्थतन्त्रमा परेको असरसँगै अत्यन्त प्रवाहित क्षेत्रको रुपमा रहेको यातायात व्यवसायमा परेको प्रभावलाई मध्यनजर गर्दै ब्याजदर घटाएको जनाएको छ।

बैंकका सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बैंकले घटाएको हायर पर्चेज कर्जाको व्याजदबाट गत चैत्र महिना देखि भएको बन्दाबन्दीले सानो लगानीमा आफ्नो स्वःआर्जन गरी व्यवसाय गर्दै आएका ग्राहकहरुलाई पर्न गएको आर्थिक प्रभावमा राहत मिल्ने विश्वास लिएको बताए।

बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।