एनएमबि बैंकको वेब र मोबाइल एप्लिकेशनमा आधारित “एनएमबि ओम्निच्यानल”

0
Shares

एनएमबि बैंक (NMB) ले नेपालको डिजिटल बैंकिङ्गको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न दुबै वेब र मोबाइल एप्लिकेशनमा “एनएमबि ओम्निच्यानल” प्रस्तुत गरेको छ ।

‘साँचै डिजिटल बैंकिङ्ग अनुभव’ मुल नारा सहित ओम्निच्यानल डिजाईन गरि बैंकिङ्ग क्षेत्रमै यो पहिलो पटक अघि सारिएको हो ।

एनएमबि ओम्निच्यानलको साथले अब ग्राहकहरूले नियामक निकायका आवश्यकताहरू बाहेक बैंकसम्म नधाइकनै आफ्नो मोबाइल फोन र अन्य अनलाइन प्लेटफर्मबाट मुख्य बैंकिङ्ग गतिविधिहरू सञ्चालन गर्न सक्नेछन् ।

ओम्निच्यानलबाट केवाईसी अपडेट गर्न, पिन र पासवर्ड रिसेट गर्न, टीडीएस स्टेटमेन्टहरू हेर्न, बचत र एफडी खोल्न/बन्द गर्न, समय अगावै एफडी प्रिम्याचुअर गर्न, एफडी बापत कर्जा लिन, खाताको उद्देश्य, कारोवार संख्या, रकमको स्रोत, प्यान, भ्याट, स्थायी ठेगाना, वैवाहिक स्थिति, पेशा अपडेट गर्न, चेक बुक अनुरोध गर्न, चेक भुक्तानी रोक्का गर्न, खाता सक्रिय गर्न सकिनेछ।

यसैगरि नयाँ डेबिट कार्ड अनुरोध गर्न, नवीकरण गर्न, रिसेट वा रोक्का गर्न, एक भन्दा बढी खाताहरू हेर्न, डिमांड ड्राफ्टहरू जारी गर्न, एफडीआई प्रमाणपत्र प्राप्त गर्न, युएसडी कार्ड अनुरोध गर्न, टप अप गर्न, कर्जा योग्यता परिक्षण गर्न, खाताको स्टेटमेण्ट हेर्न ब्यालेन्स प्रमाणपत्र प्राप्त गर्न, टिडीएस प्रमाणपत्र प्राप्त गर्न, स्विफ्ट ट्रान्सफर अनुरोध गर्न र अन्य विविध सेवाहरू शाखासम्म पुग्नुको सट्टा ओम्नि च्यानलको प्लेटफर्म मार्फत प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

ग्राहकहरूले आईओएसका लागि एप स्टोर र एन्ड्रोइडका लागि गुगल प्लेबाट बैंकको ‘eNMB’ मोबाइल एप्लिकेसन डाउनलोड गरेर उक्त सेवा सुरू गर्नको लागि प्रक्रियाहरु अनुसरण गर्न सक्ने बताइएको छ