बुटवल पावरले मुद्दती निक्षेपलाई आयोजना निर्माणमा लगानी गरेपछि घट्यो खुद नाफा


जलविद्युत आयोजनामा लगानी बढाए पछि बुटवल पावर कम्पनीको खुद नाफा प्रभावित भएको छ । विद्युत बिक्रीबाट हुने आम्दानी लगायतका सूचकहरु सुधार भएको अवस्थामा कम्पनीको मुद्दती निक्षेपको व्याजबाट हुने आम्दानी घटेपछि नाफा पनि घटेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ७५ करोड ७१ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७९ करोड ४ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद नाफामा ४.९२ प्रतिशतको गिरावट आएको हो ।

खुद नाफामा आएको गिरावटसँगै चुक्ता पूँजी वृद्धि भएकाले कम्पनीको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तमा ३१ रुपैंया १५ पैसा रहेको प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको सोही अवधिमा २९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

कम्पनीले जलविद्युत बिक्रीबाट गत असार मसान्तसम्ममा ६८ करोड ६७ लाख ७ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ६८ करोड ३० लाख ७८ हजार रुपैयाँ को विद्युत बिक्री गरेको थियो ।

विद्युत उत्पादन तथा बिक्री खर्चमा गिरावट आउँदा कम्पनीको कुल आम्दानी २७ करोड ९७ लाख २१ हजार रुपैयाँबाट ३३ करोड ५८ लाख ७८ हजार रुपैंया पुगेको छ ।

प्रशासनिक तथा अन्य खर्चसँगै जलविद्युत आयोजनामा लगानी बढेसँगै जोखिम वापतको व्यवस्थामा ठूलो रकम खर्चिएको छ । कम्पनीले काबेली इनर्जी र गुराँस इनर्जीमा लगानी बढाउँदा २४ करोड ४३ लाख २ हजार रुपैयाँ जोखिम व्यवस्थापनमा खर्चिएको छ । अघिल्लो आर्थिक वर्षमो यो शीर्षकमा १८ लाख ३० हजार रुपैयाँ मात्र खर्च भएको थियो ।

Particulars  Butwal Power Company (Rs in 000)  
  Q4 2076/77 Q4 2075/76 Difference
Paid Up Capital         2,683,882.00       2,440,555.00 9.97%
Retained Earnings         4,534,569.00       4,460,726.00 1.66%
Net Profit            722,945.00           760,335.00 -4.92%
EPS (In Rs.)                       26.94                      31.15 -13.54%
Net Worth per Share (In Rs.)                     268.96                   282.78 -4.89%
Cash and Cash Equivalents               54,680.00           312,095.00 -82.48%
Finance Costs               31,996.00             41,628.00 -23.14%
Property, Plant and Equipment            316,168.00           338,771.00 -6.67%
Financial Assets         1,875,813.00       1,927,473.00 -2.68%
Other Financial Assets         1,140,916.00           408,404.00 179.36%
Revenue            686,707.00           683,078.00 0.53%
Other Income            769,868.00           613,709.00 25.45%
Administrative Expenses            132,598.00           164,256.00 -19.27%
Impairment loss on Investment            246,302.00                             –    
Finance Income               24,254.00           151,540.00 -83.99%
P/E Ratio                       13.33                      34.86 -61.77%

 

अघिल्लो आर्थिक वर्षमा कम्पनी मुद्दती निक्षेपबाट १५ करोड १५ लाख ४० हजार रुपैयाँ आम्दानी गरेकोमा गत आर्थिक वर्षको यसै अवधिमा २ करोड ४२ लाख ५४ हजार रुपैयाँ मात्र आम्दानी गरेको छ । अन्य जलविद्युत आयोजनामा मुद्दती निक्षेपमा राखेको रकम लगानी गरेका कारण वित्तीय आम्दानीमा संकुचन देखिएको हो ।

यसरी जोखिम व्यवस्थापनमा बढेको खर्च र अरु आयोजनामा लगानी बढाएका कारण कम्पनीको सञ्चालन नोक्सानीसँगै खुद नाफामा सामान्य गिरावट आएको हो ।

समीक्षा अवधिमा २ अर्ब ४४ करोड ५ लाख ५५ हजार रुपैयाँको चुक्ता पूँजीलाई २ अर्ब ६८ करोड ३८ लाख ८२ हजार रुपैयाँ पुर्याएको कम्पनीको जगेडा कोष भने ४ अर्ब ४६ करोड ७ लाख २६ हजार रुपैयाँबाट ४ अर्ब ५३ करोड ४५ लाख ६९ हजारमा उक्लिएको छ ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा २८२ रुपैयाँ७८ पैसा रहेको प्रतिशेयर नेटवर्थ गत आर्थिक वर्षको सोही अवधिमा २६८ रुपैयाँ ९६ पैसामा झरेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा १३.१३ गुणा बढी रहेको मूल्य आम्दानी अनुपात गत आर्थिक वर्षको सोही अवधिमा १३.३३ गुणा बढी कायम भएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।