जनउत्थान सामुदायिक लघुवित्त (JSLBB) को गत आर्थिक वर्ष २०७६।७७ मा खराब कर्जा अनुपात बढेर कर्जा नोक्सानी व्यवस्था रकम बढ्दा खुद नाफा घट्न पुगेको छ।
हकप्रद र बोनस शेयरबाट चुक्ता पूँजीमा आएको उच्च वृद्धि र नोक्सानी व्यवस्थाले लघुवित्तको खुद नाफा करिब ५ प्रतिशतले घटेको छ।
मंगलबार सार्वजनिक वित्तीय विवरण अनुसार लघुवित्तले २ करोड २३ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा अघिल्लो आवको तुलनामा २३ लाख ७ हजार रुपैयाँले थोरै हो।
चुक्ता पूँजी ४ करोड २९ लाख ६८ हजारबाट ३ करोड ६२ लाख ३२ हजार रुपैयाँ वृद्धि गरेर ७ करोड ९२ लाख रुपैयाँ कायम गरेको लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी भने २९.२० रुपैयाँ घटेर २८.२७ रुपैयाँमा सीमित भएको छ।
खराब कर्जा अनुपातमा भएको वृद्धिले सम्भावित कर्जा नोक्सानी व्यवस्था बढ्दा अघिल्लो आवको तुलनामा २ करोड १८ लाख रुपैयाँले बढ्दा लघुवित्तको सञ्चालन नाफा ४५.४८ प्रतिशतले घटेर १ करोड ९४ लाख ९४ हजार रुपैयाँमा झरेको छ। यद्यपी कम्पनीले १ करोड ५६ लाख रुपैयाँ पुरानो कर्जा असुली गर्दा नोक्सानी व्यवस्थाबाट फिर्ता भएकाले लघुवित्तको नाफामा सुधार आएको हो।
Particulars | Janautthan Samudayic Laghubitta (Rs in ‘000) | ||
Q4 2076/77 | Q4 2075/76 | Difference | |
Paid Up Capital | 79,200.00 | 42,968.00 | 84.32% |
Reserve & Surplus | 74,652.00 | 65,379.00 | 14.18% |
Net Profit | 22,390.00 | 24,697.00 | -9.34% |
EPS (In Rs.) | 28.27 | 57.47 | -50.81% |
Net Worth per Share (In Rs.) | 217.83 | 252.16 | -13.61% |
Deposits | 538,102.00 | 408,810.00 | 31.63% |
Borrowings | 1,005,252.00 | 956,570.00 | 5.09% |
Loans & Advances | 1,508,214.00 | 1,376,109.00 | 9.60% |
Net Interest Income | 111,364.00 | 88,200.00 | 26.26% |
Provision for possible losses | 40,444.00 | 18,616.00 | 117.25% |
Write back of Provision for possible losses | 15,689.00 | 3,053.00 | 413.89% |
Operating Profit | 19,494.00 | 35,756.00 | -45.48% |
NPL (%) | 3.58 | 2.52 | 42.06% |
PE Ratio (times) | 59.07 | 16.26 | 263.28% |
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २६.२६ प्रतिशतले बढेर ११ करोड १३ लाख ६४ हजार रुपैयाँ पुगेको छ। लघुवित्तको जगेडा कोषको आकार १४.१८ प्रतिशत वृद्धि भई ७ करोड ४६ लाख सञ्चित भएको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ २१७.८३ रुपैयाँ कायम भएको छ।
गत असार मसान्तसम्ममा लघुवित्तले ५३ करोड ८१ लाख निक्षेप संकलन र १ अर्ब ५२ लाख रुपैयाँ सापटीबाट १ अर्ब ५० करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा ३१.६३ प्रतिशत, कर्जामा ९.६० प्रतिशत र सापटीमा ९.६० प्रतिशत वृद्धि हो ।
लघुवित्तको खराब कर्जा अनुपात १.०६ प्रतिशत बढेर ३.५८ प्रतिशत पुगेको छ। लघुवित्तको मूल्य आम्दानी अनुपात ५९.०७ गुणा र कोषको लागत ७.६४ प्रतिशत छ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया