एशियाली विकास बैंकबाट २४ अर्ब ऋण लिने मन्त्रिपरिषदको निर्णय


सरकारले एशियाली विकास बैंक (एडीबी) बाट २४ अर्ब रुपैयाँ (अमेरिकी डलर ३५ मिलियन) ऋण लिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले एडीबीबाट २४ अर्ब सहुलियतपूर्ण ऋण लिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं अर्थ, सूचना तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाका अनुसार अन्तरदेशिय विद्युत प्रसारण तथा वितरण प्रणालीको विकास गर्न उक्त ऋण लिनका लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको हो ।

नर्वे सरकारबाट ४ अर्ब रुपैयाँ (अमेरिकी डलर ३५ मिलियन) अनुदान रकम लिन स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ । यस्तै सासेक–विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाका लागि एसियाली विकास बैंकबाट अमेरिकी डलर २०० मिलियन (करिब २३ अर्ब ८८ करोड) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय समेत गरेको छ। 

विश्व बैंक समूह अन्तर्गत अन्तर्राष्ट्रिय वित्त निगमको शेयर खरीद गर्नका लागि अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्को बैठकले गरेको छ।

मन्त्रिपरिषदले गरेका अन्य निर्णय यस्ता छन्:-

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।