लिवर्टी इनर्जीको आईपीओमा २६ हजारले गरे आवेदन

0
Shares

लिवर्टी इनर्जी कम्पनी लिमिटेडले बुधबारदेखि सर्वसाधारणका लागि निष्काशन गरेको प्राथमिक शेयरमा पहिलो दिनमा २६ हजार वटा धेरैको आवेदन परेको छ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार २६ हजार १९० वटा संख्याबाट १० करोड २ लाख रुपैयाँ बराबरको १० लाख २ हजार कित्ताको शेयरमाग भएको हो।

कम्पनीले स्थानीय बासिन्दाका लागि निष्काशन गरेर अवितरित १३ लाख १५ हजार ९३० कित्ता समेत थपेर ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशनमा ल्याएको थियो।

इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाको साथै मेरो शेयर सफ्टवेयर मार्फत न्यूनतम १० कित्ताका देखि अधिकतम २ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था छ।

आईपीओ निष्काशन छिटोमा भदौ ७ गते बन्द हुनेछ भने सो अवधिमा सबै शेयर बिक्री नभएको खण्डमा भदौ १७ गतेसम्म आवेदन गर्न सकिनेछ।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ । यसले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर रहेको संकेत गर्दछ ।

कम्पनीले हाल २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ए जलविद्युत आयोजना करिब ९८ प्रतिशत सम्पन्न गरिसकेको छ । कार्तिक मसान्तसम्ममा आयोजनाको सम्पन्न गर्ने कम्पनीको लक्ष्य राखेको छ।

कम्पनीको कुल अनुमानित लागत ४ अर्ब ६३ करोड ६० लाख ९५ हजार छ भने प्रतिमेगावाट लागत १८ करोड ५४ लाख ४३ हजार ८३७ रुपैयाँ रहेको छ।

कम्पनीको विद्युत उत्पादन अनुमतिपत्र बहाल रहने अवधि ३० वर्ष रहेको छ। कम्पनीको लगानी फिर्ता हुने अवधि ८.२० वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १६.७७ वर्ष रहेको छ।

शेयर निष्काशनपश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब ५० करोड रूपैयाँ हुनेछ। जसमध्ये संस्थापक समूहको ७५ प्रतिशत हुनेछ भने स्थानीय बासिन्दाको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत हुनेछ।