मिर्मिरे लघुवित्त वित्तीय संस्था (MMFDB) ले भदौ ७ गतेदेखि नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेर एकीकृत कारोबार सुरु गर्ने भएको छ।
दुई लघुवित्त कम्पनीबीच २०७६ फागुन १३ गते गाभ्ने/गाभिने सम्झौतापत्रमा हस्ताक्षर भएकोमा ६ महिनाभित्र मर्जर।प्राप्ती प्रकृया सम्पन्न गरी एकीकृत कारोबार थाल्न लागेको हो।
नेपाल राष्ट्र बैंकले साउन २५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले भदौ ३ गते दुई संस्थाबीच एक आपसमा गाम्भे।गाभिने गरी एकीकृत कारोबारका लागि अन्तिम स्वीकृती प्रदान गरेपछि एकीकृत कारोबारको मिति तय भएको हो।
मिर्मिरे लघुवित्तले नागबेलीलाई १०० बराबर ९५ शेयर स्वाप अनुपात हुनेगरी प्राप्ती गरेको हो। यसअनुसार नागबेलीको १०० कित्ता शेयर हुनेले मिर्मिरे लघुवित्तको ९५ कित्ता शेयर पाउनेछन्।
गत असार २० गते दुवै संस्थाले विशेष साधारण सभाबाट एक आपसमा गाम्भे गाभिने प्रस्तावलाई अनुमोदन गराएका थिए। एकीकृत कारोबारका लागि भदौ ७ गते आइतबार दुबै लघुवित्तका सम्पूर्ण कार्यालयहरुमा बन्द हुने जनाइएको छ।
एकीकृत संस्थाको केन्द्रीय कार्यालय साविकको मिर्मिरे लघुवित्तको कार्यालय बनेपा नगरपालिका वडा नं. ८, बनेपा बजारमा नै रहनेछ भने मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडकै नामबाट एकीकृत कारोबार सुरु हुनेछ।
मिर्मिरेको चुक्ता पूँजी १९ करोड ५४ लाख ३४ हजार २८० रुपैयाँ र नागबेलीको चुक्ता पूँजी २१ करोड १२ लाख ७६ हजार १७० रुपैयाँ छ। शेयर स्वाप रेसियो अनुसार एकीकृत चुक्ता पूँजी जम्मा ३९ करोड ६१ लाख ४६ हजार पुगेको छ।
एकीकृत कारोबारपछि कायम हुने चुक्ता पूँजीको २ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि यसअघि सम्पन्न विशेष साधारण सभाबाट पारित गरेको छ।
नागबेली लघुवित्तका १० जिल्लामा हाल ३७ शाखाहरु छन् भने मिर्मिरेका ६४ शाखा छन्। नागबेलीसँगको एकीकृत कारोबार पश्चात शाखा संख्या जम्मा १०१ पुग्नेछ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया