प्रविधिमा अभ्यस्त हुँदै शेयर लगानीकर्ता, निषेधाज्ञाको बीचमा पनि नेप्से सकारात्मक

0
Shares

सरकार र धितोपत्र बोर्डले पूँजीबजारलाई प्रविधिमैत्री बनाउने कार्यलाई अगाडि बढाएसँगै शेयर बजारका लगानीकर्ता पनि विस्तारै प्रविधिमा अभ्यस्त हुन थालेका छन्।

सरकारले बिहीबारदेखि एक साताका लागि उपत्यकामा निषेधाज्ञा लगाएपनि बिहीबारको शेयर बजार भने अनलाईन कारोबार मार्फत नै करिब ४० करोडको शेयर किनबेच भएको छ। यसअघि लकडाउनमा निकै कम कारोबार हुने गरेकोमा आजको निषेधाज्ञाको बीचमा पनि लगानीकर्ताले घरमै बसेर गरेको कारोबार रकमले पनि लगानीकर्ता प्रविधिमा अभ्यस्त हुँदै गरेको देखिन्छ।

दिउँसो १ बजेर ८ मिनेटजाँदा १२.६४ अंकले बढेर ‘इन्ट्रा डे अल टाइम हाई‘ (१४०३.९३) बिन्दुमा पुगेको शेयर बजार बजार बन्द हुँदा १३९७.५७ बन्द भएको छ। आज नेप्से ६.२८ अंकले बढेको छ ।

आज १८२ कम्पनीको १२ लाख १४ हजार ५१४ कित्ता शेयर ८ हजार ३२६ कित्ता शेयर ३९ करोड ३१ लाख २९ हजार ६८ रुपैयाँमा खरीद बिक्री भएका छन्। गत सातादेखि बढीरहेको बजारमा छोटो समयमा नाफा सुरक्षित गर्नेहरु सक्रिय बन्दा बजार केही दिन घटेकोमा निषेधाज्ञा भएपनि आजको बजारमा भने सुधार देखिएको छ ।

आज कारोबारमा आएका १२ उपसमूहको परिसूचकमध्ये १० सूचक बढेका छन् भने २ उपसमूहको परिसूचक घटेको छन् । कारोबारमा आएका होटल र म्युचुअल फण्डको सूचक घट्दा बाँकी दशवटा उपसमूहको सूचकमा हरियाली छाएको हो। ब्यापारको सूचक २ प्रतिशत धेरैले बढेको छ।

कारोबार रकमका आधारमा आज नेको इन्स्योरेन्सको सबैभन्दा धेरै शेयर कारोबार भयो। सो कम्पनीको ४४ हजार ९९५ कित्ता शेयर ३ करोड २ लाख १० हजार रुपैयाँमा खरीद बिक्री भएको हो।

यस्तै नागरिक लगानी कोषको २ करोड ३९ लाख २४ हजार रुपैयाँ, नेपाल रि इन्स्योरेन्सको २ करोड ३० लाख १७ हजार, नेपाल बैंकको १ करोड ६७ लाख १३ हजार र शिवम् सिमेन्टको १ करोड ५१ लाख २० हजारको शेयर कारोबार भयो। नेपाल लाइफको १ करोड ३१ लाख १२ हजार, एनएमबि बैंकको १ करोड २५ लाख ५ हजार, साना किसान विकास लघुवित्तको १ करोड २० लाख ५३ हजार, ग्लोबल आईएमई बैंकको १ करोड ३ लाख २ हजार र एनआईसी एशिया बैंकको ८८ लाख २ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

कारोबारमा आएका १०६ कम्पनीको शेयरमूल्य बढेको छ भने ४६ कम्पनीको मात्र शेयरमूल्य घटेको छ। समृद्धि फाइनान्स कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको बजारमा सिभिल लघुवित्त, र विशाल बजार कम्पनीको ५ प्रतिशत माथि तथा सूर्योदय लघुवित्त, बेष्ट फाइनान्स, साञ्जेन जलविद्युत कम्पनीके शेयरको भाउ ३ प्रतिशत धेरैले बढेको छ।

उता जोशी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ६.४५ प्रतिशतले घटेको छ। साधना लघुवित्त, मल्टिपपस्ृस फाइनान्स, माउन्टेन हाइड्रोपावर, श्री इन्भेष्टमेन्ट फाइनान्स, र बोर्टलर्स नेपाल तराइको शेयरमूल्य २ प्रतिशतले घटेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ४ भदौ २०७७, बिहीबार  १५ : ५० बजे