रिलायन्स लाइफको आइपीओमा एक अर्ब २७ करोड बराबर रकमको आवेदन

0
Shares

बिहीबारदेखि निष्काशन भएको रिलायन्स लाइफको साधारण शेयरमा दोस्रो दिन शुक्रबार साढे ४ बजेसम्ममा एक अर्ब २७ करोड रुपैयाँ बराबरको आवेदन परेको छ । 

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार दोस्रो दिनसम्म २ लाख ९३ हजार ९२५ आवेदकले एक करोड २६ लाख ७० हजार ९६० कित्ता शेयर माग गरेका छन् ।

इन्स्योरेन्सले सर्वसाधारणका लागि ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता शेयर निष्काशन गरिरहेको छ ।

कुल ६३ लाख कित्तामध्ये ३ लाख १५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख १५ हजार कित्ता कर्मचारीहरुका लागि सुरक्षित गरेर बाँकी शेयर सर्वसाधारणमा निष्काशन गरिएको हो ।

बिहीबार जस्तै शुक्रबार पनि दिनभर मेरो शेयरमा समस्या देखिएपनि ठूलो संख्यामा आवेदन परेको हो ।

हाल रिलायन्सको चुक्ता पुँजी १ अर्ब ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि यसको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ पुग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।