निष्काशन सुरु भएको तीन दिनमा लिवर्टी इनर्जीको सबै शेयर बिक्यो


सर्वसाधारणमा शेयर निष्काशन सुरु गरेको ३ दिनमा लिवर्टी इनर्जीको सबै शेयर बिक्री भएको छ ।

इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध एनआईबिएल एस क्यापिटलका अनुसार शुक्रबार दिउँसो २ बजेसम्ममा लिवर्टीको साधारण शेयरमा १ लाख ३ हजार वटा आवेदन परेको छ ।

क्यापिटलका अनुसार उल्लेखित आवेदकबाट ३४ लाख ८४ हजार ९४० कित्ता शेयर माग भएको छ ।

मेरो शेयर सफ्ट्वेयरमा पछिल्लो २ दिनदेखि देखिएको समस्याका कारण कतिपय लगानीकर्ताले अहिले निष्काशन भईरहेका साधारण शेयरमा आवेदन गर्न सकिरहेका छैनन ।

स्थानीयलाई निष्काशन गर्दा बिक्री नभएको समेत गरी लिवर्टीले ३५ लाख ६४ हजार ९३० कित्ता साधारण शेयर निष्काशन गरिरहेको छ । लिवर्टीको शेयर निष्काशन भदौ ७ गते आइतबार बन्द हुँदैछ ।

‘बिजुली बाल्ने तयारीमा रहेको लिवर्टीले आगामी वर्षबाटै प्रतिफल दिन्छ’ – राम पाण्डेसँग अन्तर्वार्ता

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।