सनराइज बैंकको डिजिटल बैंकिङ्ग लक्षित नारी बचत खाता


सनराइज बैंकले महिलाहरुलाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सन्राइज नारी बचत खाता सुरुवात गरेको छ ।

तीजको विशेष अवसर पारेर सुरुवात गरेको उक्त खाताले महिलाहरुको सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बैंकको विश्वास छ ।

उत्सवको मौसमलाई मध्यनजर गर्दै बंैकले उक्त खाता शुन्य मौज्दातमा खोल्न सकिने व्यवस्था गरेको छ ।

साथै पहिलो वर्ष निःशुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग र निःशुल्क डिम्याट खाता, लकर चार्जमा ५० प्रतिशत छुट दिने पनि बैंकले जनाएको छ ।

केही गर्ने उद्देश्य राखेका महिलाहरुलाई प्रोत्साहन पुगोस् भनी कर्जा लिदाको प्रक्रियागत खर्चमा विशेष छुटको व्यवस्था समेत गरिएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महिलाहरुले डिजिटल भुक्तानी गर्दा भुक्तानी रकमको १० प्रतिशत वा २ हजार रुपैंयासम्मको क्यास व्याक दिने व्यवस्था बैंकले गरेको छ ।

विभिन्न स्वास्थ्य बीमा समेत समावेश रहेको उक्त खाता हाल यस लकडाउनको अवस्थामा ग्राहकहरुले घर बसीबसी अनलाइनबाट खोल्न सकिने बैंकले जनाएको छ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।