एनआरएन इन्फ्रास्ट्रक्चरको आईपीओ लगानीकर्ताको डिम्याट खातामा जम्मा, कहिले होला सूचीकरण ?


केही समय अघि सर्वसाधारणमा शेयर निष्काशन गरेको एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीले शेयरधनीको खातामा शेयर जम्मा गराएको छ । कम्पनीले शेयर सूचीकरणको सबै प्रकृया पुरा गरेर शेयरधनीको खातामा शेयर जम्मा गरिएको जनाएको छ ।

बुधबारदेखि सबै शेयरधनीको डिम्याट खातामा शेयर जम्मा गरिएको क्यापिटलले जनाएको छ । शेयर सूचीकरण गराउने सबै काम पूरा भए पनि नेपाल स्टक एक्सचेञ्जसँग बुधबार सम्झौता हुन नसकेका कारण शेयर सूचीकरण हुन नसकेको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका एक अधिकारीका अनुसार बिहीबार सूचीकरणको कागजातमा नेप्सेकातर्फबाट प्रमुख कार्यकारीले हस्ताक्षर गर्न नभ्याएका कारण शेयर सूचीकरण हुन नसकेको हो ।

उपत्यकामा जारी लकडाउनका कारण बुधबार पछि नेप्सेसँग सम्झौतामा हस्ताक्षर गर्न नसकएिको ति अधिकारीले नोटबजारलाई बताए । ‘केन्द्रिय निक्षेप प्रणाली (सिडिएससी) सँग सम्झौता सकिए लगत्तै शेयरधनीको डिम्याट खातामा शेयर जम्मा गरिएको हो । तर नेप्सेमा सम्झौता हुने तयारी सकिए पनि सम्झौता हुन सकेन । अब केही दिनमा अनुकुल अवस्थामा सम्झौता गरेर शेयर सूचीकरण गराउँछौं ।’

कम्पनीको शेयर ३ लाख २० हजार ६१४ जना आवेदकले १० कित्ताका दरले प्राप्त गरेका थिए । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात १ लाख ६५ हजार ५०२ कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि छुट्याएको थियो । कर्मचारीलाई छुट्याइएकोमध्ये ४५ हजार ९५७ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर समेत सर्वसाधारणलाई बाँडफाँड गरिएको थियो ।

आईपीओ बिक्री पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्ब १३ करोड रुपैंया पुगेको छ ।

एनआरएन इन्फ्रास्टक्चरको आईपीओ बाँडफाँड, ९७ हजारको हातखाली

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।