शेयर बजारको सुधार अर्थतन्त्रको गति विपरित : शक्तिकान्त दास

0
Shares

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै संकट उन्मूख देखिन्छ । यस्तो अवस्थामा पनि भारतीय शेयर बजारमा भने उच्च अंकको सुधार आएको छ ।

भारतको अर्थतन्त्र पनि संकट उन्मूख रहेको अवस्थामा शेयर बजारमा आएको उच्च अंकको सुधार जोखिम पूर्ण देखिन्छ । भारतीय अर्थतन्त्र र शेयर बजारमा तालमेल नमिल्दा आगामी दिनमा उच्च गिरावट आउने रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)का गभर्नर शक्तीकान्त दासले बताए । भारतको अर्थतन्त्र घट्दो अवस्थामा छ भने शेयर बजार तिब्र गतिमा बढीरहेको हुनाले आगामी दिनमा धितोपत्र बजार घट्ने उनको तर्क छ ।

अहिलेको अवस्थामा ग्लोबल इकोनोमी र बैंकिङ सिस्टममा अधिक तरलता रहेको हुनाले पनि शेयर बजारमा सुधार आएको हुन सक्ने दासको भनाई छ । “वास्तविकता हेर्दा अर्थतन्त्र भन्दा शेयर बजारको गति ठिक विपरित छ,”उनले भने,“त्यसकाले गर्दा शेयर बजारमा गिरावट अवश्य आउँछ, तर कहिले आउँछ भनेर भन्न सकिने अवस्था भने छैन ।”

यो वर्षको अप्रिल महिना देखि अगस्टसम्ममा नेशनल स्टक एक्सचेन्ज परिसूचक निफ्टी ३७.१ प्रतिशतले र मुम्बई स्टक एक्सचेन्ज परिसूचक सेनसेक्स ३५.२ प्रतिशतले बढेका छन । अगस्ट महिनामा रिजर्भ बैंकले महंगी बढ्न सक्ने भएकाले क्रेडिट पोलिसीको ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । तर, मौद्रिक नीतिपछि शक्तीकान्त दासले केही नीतिगत व्यवस्थाहरु केन्द्रीय बैंकसँग रहेकोे र आवश्यक परेको खण्डमा प्रयोगमा ल्याउने समेत बताएका थिए ।

आरबीआईले फेब्रुअरी देखि अहिलेसम्ममा १.१५ प्रतिशतले रिपो रेट घटाइसकेको छ । गत वर्षमा आरबीआइले रिपो रेटमा १.१३५ प्रतिशतले कमी गरेको थियो । बजारको अवस्था अनुसार हामीसंग भएका नीतिगत व्यवस्थाहरु भविष्यमा परिचालन गर्न तयारी अवस्थामा रहेको समेत उनले बताए ।

पछिल्लो समयमा आरबीआईले अहिलेको ब्याजदरलाई कमी गर्न जरुरी ठानेको देखिदैन । तर, अघिल्लो महिनामा खुद्रा मुद्रास्फीति बढेर ६.०९ प्रतिशत पुगेको छ । यो आरबीआइको २ देखि ६ प्रतिशतको बिचमा राख्ने लक्ष्य भन्दा धेरै हो । यसकारणले पनि केन्द्रिय बैंकले ब्याजदरमा कमी नगरेको हो ।

लगातार तीन महिनासम्ममा मूल्यवृद्धि आरबीआईको लक्ष्य भन्दा धेरै भएको अवस्थामा सरकारले त्यसको सफाइ दिनु पर्ने हुन्छ । कोरोना भाइरसका कारण अर्थतन्त्रमा धेरै नकारात्मक असर परेको छ । त्यसले गर्दा पनि आरबीआईका अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल ग्राहस्थ उत्पादनमा उच्च गिरावट आउने अनुमान छ ।

“चालु आर्थिक वर्षको दोस्रो ६ महिनामा अर्थतन्त्रमा सुधार आउने छ,” दासले भने,“तर, बार्षिक आर्थिक वृद्धि भने नकारात्मक रहनेछ ।” तर, उनले अनिश्चित अर्थतन्त्रका कारण आर्थिक वृद्धि घटेको खण्डमा पनि यति नै घटेछ भनेर भनेन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।