एनआईबिएल समृद्धि फण्ड १ को इकाइमूल्य समायोजन भएको छ। नेप्सेमा कम्पनीले गत आर्थिक वर्षबाट आफ्ना इकाइधनीलाई वितरण गर्न प्रस्ताव गरेको १२ प्रतिशत नगद लाभांश (प्रतिफल) को बुकक्लोजसँगै इकाइमूल्य समायोजन भएको हो।
नेप्सेमा बजारमूल्यको १० प्रतिशतभन्दा कम नगद लाभांशमा शेयरमूल्य समायोजन हुने गरेको छैनर तर बजारमूल्यको १० प्रतिशतभन्दा धेरै नगद लाभांश वितरण गर्ने कम्पनीको हकमा भने मूल्य समायोजन हुने गरेको छ।
नेप्सेका अनुसार १२ प्रतिशत नगद समायोजनपछि एनआईबिएल समृद्धि फण्ड १ को समायोजित इकाइमूल्य प्रतिकित्ता ९.१० रुपैयाँ निर्धारण भएको छ। गत बिहीबार एनआईबिएल समृद्धि फण्ड १ को इकाइमूल्य अन्तिम पटक १०.३० रुपैयाँमा कारोबार भएको थियो।
योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलको साउन २५ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको ८० औं बैठकले आर्थिक वर्ष २०७६।७७ बाट इकाईधनीलाई १२ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।
एनआईबिएल एस क्यापिटलको व्यवस्थापनमा एक अर्ब आकारमा सञ्चालित सामूहिक लगानी कोष (म्युचुअल फन्ड) एनआईबिएल समृद्धि फण्ड १ ले १२ करोड रुपैयाँ लाभांश बाँड्नेछ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया