प्राइम लाइफको बोनस सूचीकृत

0
Shares

प्राइम लाइफ इन्स्योरेन्सको १२.५० प्रतिशत बोनस नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सूचीकृत भएको छ।

कम्पनीले आर्थिक वर्ष २०७४।७५ सम्म सञ्चित नाफाबाट वितरण गरेको २५ लाख ९ हजार ९२५ कित्ता बोनस शेयर सूचीकरण भएको हो। सूचीकृत भएसँगै कम्पनीका लगानीकर्ताले दोस्रो बजार मार्फत उक्त बोनस शेयर खरीद बिक्री गर्न सक्नेछन्।

गत असार २९ गते सम्पन्न १२ औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर अनुमोदन भएको थियो। साधारण सभाका लागि कम्पनीले असार १९ गते बुकक्लोज गरेकाले १८ गतेसम्म कायम रहेका शेयरधनीले मात्र उक्त बोनस पाउनेछन्।

यससँगै प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब २५ करोड ८९ लाख ३१ हजार रुपैयाँ पुगेको छ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।