भित्री सूचना चुहिए पछि आशा लघुवित्तको शेयर मूल्य आकाशियो


मंगलबार एकाएक आशा लघुवित्तको शेयर मूल्य आकाशिएको छ । लाभांस बितरणको प्रस्ताव गर्न सञ्चालक समितिको बैठक बस्न लागेको सूचना चुहएि पछि लघुवित्तको शेयर मूल्य पछिल्ला केही दिनदेखि तिब्र गतिमा उकालो लागि रहेको छ ।

मंगलबार मात्र झण्डै ६ प्रतिशतसम्मले मूल्य बढेको लघुवित्तको प्रतिकित्ता शेयर मूल्य पछिल्लो ५ कारोबार दिनमा मात्र ९२ रुपैंयाले बढेको छ । गत मंगलबार मात्र लघुवित्तको प्रतिकित्ता शेयर ६४४ रुपैंयामा किनबेच भएको थियो । आज लघुवित्तको प्रतिकित्ता शेयर मूल्य ७३६ रुपैंयासम्ममा कारोबार भई रहेको छ ।

कारोबार रकमसँगै लघुवित्तको शेयरको कारोबार रकम र कारोबार भएको शेयर संख्यामा पनि चाप बढ्दै गएको छ ।

लघुवित्त सञ्चालक समितिको बैठक यसै साता बस्ने र १५ प्रतिशत हाराहारीमा लाभांस प्रस्ताव गर्ने सूचनाका आधारमा भित्री कारोबारीहरु सक्रिय बनेका हुन् । यो सूचना चुहिए पछि थोरै थोरै कित्तामा शेयर मूल्य बढाउने अभ्यास भईरहेको छ ।

माथि देखाइएको तथ्यांकमा आजको कारोबार विबरण अद्यावधिक भएको छैन ।

गत आर्थिक वर्षमा ५० लघुवित्तले कमाए साढे ४ अर्ब खुद नाफा, १२ सूचांकका आधारमा कुन अब्बल ?