पीएनबी घोटालाका योजनाकार मोदीकी श्रीमतीलाई पक्राउ गर्न इन्टरपोलको ‘रेड नोटिस’


पञ्जाब नेशनल बैंक घोटालाका योजनाकार नीरव मोदीकी श्रीमतिलाई पक्राउ गर्न इन्टरपोलले विश्वव्यापी आदेश जारी गरेको छ । मंगलबार इन्टरपोलले नीरव पत्नी अमी मोदीलाई सम्पत्ती सुद्धिकरणको आरोपमा पक्राउ गर्न ग्लोबल आदेश जारी गरेको हो ।

भारतीय भन्सार विभाग अन्तरगतको वित्तीय छानबिन एजेन्सी प्रवर्तन निर्देशनालयको आग्रह अनुसार नीरव पत्नीलाई इन्टरपोलले पक्राउ आदेश जारी गरेको बताइएको छ ।

इन्टरपोलले १९२ मुलुकमा रहेको आफ्नो सञ्जाललाई कुनै पनि मुलुकमा नीरव पत्नी देखिएको खण्डमा तत्काल नियन्त्रणमा लिन ‘रेड नोटिस’ जारी गरेको हो  इन्टरपोलले नोटिसमार्फत सदस्य मुलुकका प्रहरीलाई पक्राउ परे पछि नीरव पत्नी अमी मोदीलाई हिरासतमा राखेर इन्टरपोललाई जानकारी दिन भनेको छ ।

सन् २०१८ मा बैंक घोटाला प्रकरण सार्वजनिक भए पछि अमी मोदीले त्यसै बेला भारत छोडेर अन्य मुलुकमा बस्दै आएको बताइएको छ । उता नीरव मोदी भने सन् २०१९ को मार्चमा बेलायतमा प्रहरीको नियन्त्रणमा परे पछि जेलमा छन् । मोदीलाई भारत ल्याउनका लागि सरकारले उनको प्रत्यार्पणको माग गरिरहेको छ ।

यस अघि मोदीको मोदीको स्वीस खाता रोक्का गरिएको थियो । बेलायतमा जेलमा रहेका मोदीको स्वीस खातासँगै उनकी बहिनी पुर्वा मोदीको पनि स्वीस खाता रोक्का गरिएको थियो ।

पञ्जाव नेशनल बैंकमा २ करोड अमेरिकी डलर बराबरको घोटालामा आबद्ध भएको खुलासा भए पछि नीरव फरार भएका थिए । सोही क्रममा बेलायत प्रहरीले नियन्त्रणमा लिएर मोदीलाई जेलमा राखिरहेको छ ।

मोदीले बेलायती अदालतमा जेलबाट मुक्ति पाउनका लागि दिएको आवेदन पनि अदालतले रद्ध गरिसकेको छ ।

हीरा व्यापारी मोदी विश्वका सयौं धनीको सूचीमा थिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।