एनएलजी इन्स्योरेन्सको शेयर लिलामीको कटअफ मूल्य कति तोकियो ?

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) को लिलामी शेयरको शिलबन्दी बोलपत्र खुला गर्ने क्रम सकिएको छ।

इन्स्योरेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले दिएको जानकारी अनुसार संस्थापक शेयरको प्रारम्भिक कटअफमूल्य १२५.५० रुपैयाँ र साधारण शेयरको प्रारम्भिक कटअफ मूल्य ६०५ रुपैयाँ कायम भएको छ। अन्तिम भेरिफिकेशन पश्चात कटअफ मूल्यमा सामान्य परिवर्तन आउनसक्ने क्यापिटलले जनाएको छ। अन्तिम तथ्याङ्क तयार गर्ने क्रम जारी रहेकाले कति जनाले शेयर पाए भन्ने जानकारी प्राप्त भैसकेको छैन।

इन्स्योरेन्सको शेयर भदौ ९ गते मंगलबार प्रतिकित्ता ७१७ रुपैयाँमा कारोबार भएको छ। मंगलबार कायम शेयरमूल्यभन्दा साधारण शेयरको कटअफ मूल्य १५.६२ प्रतिशत अर्थात ११२ रुपैयाँ तल कायम भएको हो।

कूल ७९ हजार ८५३ दशमलव २५ कित्ता साधारण शेयर खरीदका लागि १ हजार ५७३ वटा र ८१ हजार २२४ दशमलव ७५ कित्ता संस्थापक शेयर खरीदका लागि २० वटा आवेदन परेको थियो।

इन्स्योरेन्स ६० प्रतिशत हकप्रदमा अवितरित शेयर बिक्रीका लागि साउन २२ देखि २९ गतेसम्म बोलपत्र आह्वान गरेको थियो। जसको बोलपत्र आज ११ बजे खोलिएकोमा साढे ७ घण्टा लगाएर खोलिएको हो।

कोभिड-१९ को संक्रमण जोखिमलाई मध्यनजर गर्दै आवेदकलाई सहभागि गराइ शिलबन्दी बोलपत्र खोल्न असम्भव देखिएकाले फेसबुक लाइभ मार्फत बोलपत्र खोलोको हो।

कम्पनीले यसअघि २०७६ फागुन २२ देखि २०७७ असार २५ गतेसम्म चुक्ता पूँजीको ६० प्रतिशत बराबरको ३८ लाख ४२ हजार ४३७ दशमलव ५० हकप्रद बिक्री खुला गरेको थियो। सो हकप्रदमा ३६ लाख ८१ हजार ३५९ दशमलव ५० कित्ता शेयरका लागि मात्र आवेदन परेको थियो।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।