एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर आजदेखि दोस्रो बजारमा खरीद बिक्री गर्नसकिने

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबारदेखि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको नेप्सेमा शेयर कारोबार खुल्दैछ। कम्पनीको शेयर बिहान साढे १० देखि १५ मिनेटसम्म खुल्ने स्पेशल प्रि-सेसनमा कारोबार भई बिहान ११ बजेपछि कम्पनीको शेयर दोस्रो बजारमा नियमित कारोबार खुल्न लागेको हो।

नेप्सले एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर कारोबारका लागि एनआरएन (NRN) कारोबार संकेत दिएको छ। यहि कारोबार संकेतका आधारमा नेप्सेमा कम्पनीको शेयर कारोबार हुनेछ। पहिलो कारोबारको लागि कम्पनीको ओपनिङ रेञ्ज प्रतिकित्ता न्यूनतम १०२ रुपैयाँ ६ पैसादेखि अधिकतम ३०६ रुपैयाँ १८ पैसा तोकेको छ । बुधबार यहि कारोबार रेञ्जभित्र रहेर कम्पनीको शेयर कारोबार खुल्नेछ।

यससँगै कम्पनीको शेयर प्राप्त गरेका लगानीकर्ताले आजदेखि शेयर बिक्री गर्नसक्नेछन् भने आईपीओ भरेर पनि गोलाप्रथाबाट शेयर पाउन नसकेका लगानीकर्ताले दोस्रो बजारबाट कम्पनीको शेयर खरीद गरी शेयरधनी हुन सक्नेछन्।

धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार खुलाउन कम्पनीले नेप्सेमा मंगलबार १ करोड १३ लाख २६ हजार ८२१ कित्ता शेयर नेप्सेमा सूचीकरण गराएको छ । कम्पनीले शेयर सूचीकरण गराएसँगै अब उक्त शेयर आजदेखि किनबेच गर्न पाइने छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनीले यसअघि नै शेयरधनीको डिम्याट खातामा शेयर जम्मा गरिएको छ । कम्पनीको शेयर ३ लाख २० हजार ६१४ जना आवेदकले १० कित्ताका दरले प्राप्त गरेका थिए ।

कम्पनीले केही समयअघि सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरले ३३ लाख ५८ हजार ४६ कित्ता आईपीओ निष्काशन गरेको मध्ये १ लाख ६९ हजार ९०२ कित्ता शेयर सामूहिक लगानी कोष र ६७ हजार ९६१ कित्ता शेयर कर्मचारीको लागि छुट्याएर ३१ लाख ६० हजार १८३ कित्ता शेयर सर्वसाधारणमा जारी गरेको थियो ।कर्मचारीलाई छुट्याइएकोमध्ये ४५ हजार ९५७ कित्ता शेयर बिक्री नभएपछि उक्त शेयर समेत सर्वसाधारणलाई बाँडफाँड गरिएको थियो ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।